उत्कृष्ट ब्यवस्थापकका आधारहरू (KAASH)    
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्कृष्ट ब्यवस्थापकका आधारहरू (KAASH)    

                                                                                        

बिनोद पराजुली
व्यवस्थापक
कोलिय देबदह साकोस, रुपन्देही

भनिन्छ सुन्दर संसार हेर्न सुन्दर आँखा चाहिन्छ सुन्दर आँखा सकारात्मक विचारबाट र सकारात्मक विचार व्यक्तिको दृष्टिकोणबाट बन्छ । यदि दृष्टिकोण सकारात्मक भयो भने मानिसको जीवन समृद्धि र सफलता तर्फ उन्मुख हुन्छ । अवसर खोज्न बाहिरी दुनियाँमा जानु पर्दैन । अवसर हाम्रै पैतलामुनि दबिएर बसेका हुन्छन् । केवल त्यसलाई बुझ्ने दृष्टिकोण हामीसँग हुनुपर्छ ।

कुनै पनि ब्यक्ति वा संस्था रातारात सफल र उत्कृष्ट बन्दैनन् । उत्कृष्ट हुनका लागि व्यक्तिमा लगनशीलता, परिश्रम, अनुशासन र संस्थामा नीति, विधि र प्रविधि अनिवार्य आवश्यकताका बिषय हुन । मानिसले आकर्षक र अनुकरणीय व्यक्तित्व निर्माण गर्ने सपना देखेका हुन्छन्, तर सपना देखेर मात्र हुदैन । काममा गतिशीलता, बोलीमा माधुर्यता र निरन्तर सक्रियता हुनुपर्छ । एउटा वित्तीय संस्था कस्तो बनाउने, कुन गतिमा अगाडि बढाउने भन्ने कुरा कर्मचारी ब्यवस्थापनमा निर्भर हुन्छ । संचालकको काम नीति नियम बनाउनु हो भने ब्यवस्थापनको काम नीति नियम अनुसार कार्ययोजना बनाई संचालक मातहत रही सम्पूर्ण कर्मचारीहरुलाई साथमा लिई उत्कृष्ट कार्यसम्पादन गरी सदस्य मैत्री सेवा प्रदान गर्नु हो ।

सदस्य सेवाको प्रभावकारिता, कर्मचारी परिचालन र उत्पादकत्व, संचालकसँगको सुमधुर सम्बन्ध सँगै नीति नियम निर्माणमा सहजीकरण, संस्थाको बार्षिक, त्रिवर्षिय योजना निर्माण, बजेट निर्माण र कार्यान्वयन सम्पूर्ण कार्यभार व्यवस्थापकमा निर्भर रहनेहुँदा संस्था सफलता र असफलताको कडि पनि ब्यवस्थापक हुन्छ ।

तर्सथ सफल वित्तीय संस्थाका लागि सक्षम कर्मचारी र उत्कृष्ट ब्यवस्थापक हुनुपर्छ । उत्कृष्ट ब्यवस्थापकमा हुनु पर्ने केही अनिवार्य गुणहरुको बारेमा यहाँ परिचर्चा गर्दैछु । 

१. Knowledge (ज्ञान)
 (Knowledge is light and might too)  ज्ञान प्रकाश हो जसरी अन्धकार हटाउन प्रकाश आवश्यक हुन्छ । त्यसरी नै अज्ञानता र असफलताका मार्गहरु बन्द गर्दै सफलताका शिखर आरोहण गर्न ज्ञान आवश्यक हुन्छ । Readers are leaders पढुवाहरु नै अगुवाहरु हुन्छन् । स्कुल कलेज र डिग्रीका सर्टिफिकेट बिना पनि ज्ञान हासिल गर्न सकिन्छ । कुनै पनि वित्तीय संस्थामा बचत, ऋण लगानी, बजारको माग, ब्याजदर आदि बिषयबस्तुमा गहिरो चिन्तन, चासो, अध्ययन पनि ज्ञान हो । बेलायती बिख्यात बिद्धान हब्सले भन्नुभएको छ ”यदि मलाई एउटा रुख काटने समय ६ घण्टा उपलब्ध गराइयो भने ४ घण्टा म योजना मात्र बनाउछु“ । 

उत्कृष्ट योजना बनाउने र योजनालाई ब्यवहारिक कार्यन्वयन गर्ने ज्ञान हुनुपर्छ । एक बिद्धानको भनाई छ ः तिमी हाँस तिमी सँग संसार हाँस्छ तर तिमी रोयौ भने तिमी एक्लै रुनुपर्छ  अर्थात आफना गुण क्षमताले सबै पक्षलाई आफुतर्फ केन्द्रित गर्ने क्षमता र ज्ञान हरेक ब्यवस्थापकमा हुनुपर्छ ।

ज्ञानले मानिसलाई सुख सभ्यता र ऐश्वर्य प्रदान गरी उन्नतीका ढोकाहरु खोल्दछ । इच्छा शक्ति सहितको शिक्षा शक्ति अर्थात ज्ञानले सिर्जनशीलता वृद्धि गर्दछ । सिर्जनशीलताले अवसरलाई पछ्याइरहेको हुन्छ । तसर्थ एक व्यक्ति मात्र नभई सस्थानको समग्र विकास र पहिचानको लागि ज्ञान अति महत्वपूर्ण छ । ज्ञान भएमा अलमलको स्थिति हुँदैन । निश्चितापूर्वक आफ्नो गन्तव्यमा पु¥याउन सहयोग गर्छ । बिषय बस्तुको ज्ञान र बिषय विज्ञले सस्थाका समस्या challenge लाई अवसरको रुपमा लिई change ल्याउन सक्छ ।

२. Attitude (दृष्टिकोण)
Your Attitude determines your altitude तिमी कतिसम्म उठ्न सक्छौं भन्ने कुरा तिम्रो  प्रकृति र प्रवृत्तिमा निर्भर हुन्छ । अन्तरीक्षयात्री डा. बनार्ट हेरिस “संसार परिवर्तन गर्नुमा त्यति महान्ता छैन, जति आफूले आफूलाई परिवर्तन गर्नुमा छ” । आज मानिस सुख र समृद्धिका लागि घर वास आफन्त भाषा, धर्म, सबै परिवर्तन गर्छन् । तर पनि उ सुखी र खुसी हुन सक्दैन र सौहार्द जीवन जीउन सक्दैन कारण उसले दृष्टिकोण बदल्न सक्दैन । लक्ष्य र कार्यक्षेत्र जेसुकै होस् तर सफलताको मुख्य आधार दृष्टिकोण नै हो ।

भनिन्छ सुन्दर संसार हेर्न सुन्दर आँखा चाहिन्छ सुन्दर आँखा सकारात्मक विचारबाट र सकारात्मक विचार व्यक्तिको दृष्टिकोणबाट बन्छ । यदि दृष्टिकोण सकारात्मक भयो भने मानिसको जीवन समृद्धि र सफलता तर्फ उन्मुख हुन्छ । अवसर खोज्न बाहिरी दुनियाँमा जानु पर्दैन । अवसर हाम्रै पैतलामुनि दबिएर बसेका हुन्छन् । केवल त्यसलाई बुझ्ने दृष्टिकोण हामीसँग हुनुपर्छ । आज हामी आफ्नो सानो भएकोमा भन्दा अरुको घर ठूलो भएकोमा बढी चिन्तित छौं । यो स्वभाव र दृष्टिकोणले हामीलाई असफलताको मार्गमा डो¥याएको छ । दृष्टिकोणलाई वातावरण (Environment) अनुभव (Experience)  र शिक्षा (Education) ले प्रभाव पार्छ । एक सफल व्यक्तिले हरेक समस्यामा अवसर देख्छ भने असफल व्यक्तिले हरेक अवसरमा समस्या देख्छ । अर्थात् जित्नेहरु सम्भावनालाई हेर्छन् भने हार्नेहरु समस्यालाई । जित्नेहरुको आँखामा सफलताको सपना हुन्छ भने हार्नेहरुले झुटो कसम खान्छन् । तसर्थ हामी सुखीराम बन्ने या दुःखीराम बन्ने सफल बन्ने या असफल आशावादी जीवन जिउने या निराशावादी यो हाम्रो दृष्टिकोणमा निर्भर हुन्छ । सकारात्मक प्रतिफलका लागि सकारात्म व्यवहार सकारात्मक कर्म सिद्धान्त र समर्पण भाव हुनुपर्छ । त्यसका लागि नयनमा सकारात्मक दृष्टिकोणको बिजारोपण गर्नुपर्छ ।
 
३ . Action oriented  (काममा प्रतिबद्ध)

एउटा भनाई छ काम गर्दा कहिल्यै थाके नभन किनकी आप्mनै मुटुलाई हेरौ त यसले पनि थाके भनेर केही सेकेण्ड बिश्राम लियो भने हाम्रो हालत के हुन्छ ? तर्सथ आफुभित्रको आत्मविश्वास कहिल्यै टुट्न नदिउँ । असम्भव केही छैन संसारमा सक्छु, गर्छु भन्ने विश्वाश जिबितहुनुपर्छ । काममा प्रतिबद्धहरुले नै संसारमा प्रभुत्व जमाएका छन् चाहे अनिल शाह, चाहे बिनोद चौधरी, मुकेश हम्बानी । काम बिनाको माम, मान, सम्मानको कुनै अर्थ रहदैन । तसर्थ एक उत्कृष्ट वित्तीय संस्थाका लागि ब्यवस्थापक पनि कामप्रति प्रतिबद्धहुनुपर्छ । जब काममा गति हुन्छ तब ब्यक्तित्व र नेतृत्व विकास पनि हुन्छ, सस्थाले पनि प्रगतीको उचाई छुन्छ । खराबबाट असल, असन्तुलनबाट सन्तुलन, प्रवाहहिनबाट प्रभावशाली, जटिलताबाट सरल, अनिश्चयबाट निश्चयपुर्ण, भ्रमबाट बिवेकपुर्ण नेतृत्व बिकासका लागि पनि ब्यवस्थापन पक्ष क्रियाशिल, कर्मशिल बन्नुपर्छ । 

४. Skill (सीप) 

हरेक मानिसले काम गर्नका लागि वा निर्दिष्ट उद्देश्य हासिल गर्नका लागि आफूमा विशिष्ट सीप हुन आवश्यक छ । भनिन्छ जित्नेहरु फरक काम गर्दैनन् त्यही कामलाई फरक तरिकाले गर्छन् । त्यही फरक तरिकाले काम सम्पन्न गर्नका लागि फरक स्वभाव सहितको फरक सीप चाहिन्छ । सीप आफैमा भएको सृजनशिलतालाई उजागर गर्नु हो वा सिर्जनाालाई परिस्कृत गर्ने कार्य हो । धेरै मेहनत गरेर मात्र सफल भइने होइन । प्रष्ट उद्देश्य सहित उच्चतम सीप र सिर्जनशीलताद्वारा परिश्रमले मात्र सफलता हासिल हुन्छ । सिर्जनशीलता भनेको समस्या प्रतिको गम्भीर चासोबाट नै जन्मिन्छ । हामीले आफ्नो जिन्दगीको हतियारलाई उचित सीपबाट धारिलो बनाउनुपर्छ । यदि हतियार धारिलो भयो भने जस्तो सुकै युद्धलाई पनि जित्न सकिन्छ । भनिन्छ त्यहाँ पुग्छन् कवि जहाँ पुग्दैन रवि ‘जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी’ अर्थात आफ्नो हातमा विशिष्ट सीप क्षमता छ भने त्यो व्यक्ति संसारको हरेक क्षेत्रमा अघि बढ्छ । सीप विकासको माध्यमबाट हिजोको ढुङ्गे युगबाट आजको वैज्ञानिक युगमा आएको छ । सोंच विचार, बुद्धि विवेक, परिश्रम र सीपले नै महाकवि देवकोटा, सेक्सपियर र न्युटन बनाउँछन् । मण्डेला र बाराक ओबामा बनाउँछन् सुकरात र प्लेटो बनाउँछन् । आलस्य मानिसको बाधक हो तर सीपयुक्त संघर्ष नै सफलताको साधक हो । मागेर रोएर याचना गरेर पाएको उपलब्धिलाई सफलता मान्न सकिँदैन । तसर्थ संसारको जुनसुकै समस्यालाई यथार्थमा बदल्न सक्ने तागत भनेकै आफ्नो सीप क्षमता र योग्यता हो । यसलाई सधैं धारिलो बनाउनुपर्छ । त्यसैले आफूलाई परिस्कृत र परिमार्जित गर्दै विश्वव्यापी रुपमा भित्रिएका नयाँ प्रविधिका उपयोग सम्बन्धी व्यवहारिक सीप हुन आवश्यक छ ।

५. Habit (बानी) 

बानीले पनि मानिसको हरेक क्रियाकलापलाई प्रभावित पार्छ । मानिसको व्यक्तित्व उसले लगाउने पोशाक, बोली वचन खानपान लगायतका कुरामा निर्भर गर्छ । जित्न, अघि बढ्न र पढ्न खोज्नु मानवीय स्वभाव हो । त्यसो भन्दैमा निष्ठासँग सम्झौता गरी गलत बाटो रोज्नु उचित होइन । गलत बाटोले ल्याएको स्याबासी र पुरस्कारले वास्तविक खुसी दिँदैन । 
जस्तो संगत त्यस्तै संस्कार
जस्तो संस्कार त्यस्तै व्यवहार
जस्तो व्यवहार त्यस्तै ब्यापार
जस्तो ब्यापार त्यस्तै प्रचार 
आनीबानी जस्तो त्यस्तै जिन्दगानी तसर्थ विचार, आनीबानी, व्यवहार बदले जिन्दगी बदलिन्छ । विचार र सकारात्मक बानीले राम्रो भावना जगाउँछ । भावनाले कर्ममा पु¥याउँछ, कर्मले जिन्दगीको नक्सा बनाइदिन्छ । मानिसको मस्तिष्क बाँझो जमिन जस्तो हो । त्यो मस्तिष्कमा राम्रा आनीबानी विजारोपण ग¥यौं भने सुन्दर हरियाली, रंगी विरंगी फूलहरु फुल्छन् र रमणीय बगैचा बन्छ भने सकारात्मक विचार, बानी खानपान र व्यवहार रोक्न सकेनौं भने त्यो बाँझो जमिनमा झारपात पलाउन पनि सकिन्छ जुन हेर्दैमा कुरुप हुन्छ । तसर्थ असल र उत्कृष्ट ब्यवस्थापकमा असल अनुशासित अनुकरणीय बानी ब्यहोरा हुनुपर्छ ।

कर्मचारी/ब्यवस्थापन पक्षका लागि केही उत्प्रेरक बिचारहरू

१. दिनमा गरेको कामले राति आनन्दले सुत्न पाईयोस, रातको कामले दिनमा कसैलाई मुख देखाउन लाज नहोस । बर्ष भरि यस्तो काम होस, अरु संग समस्याले हात पैmल्याउन नपरोस, जीवनभर यस्तो काम होस्, रुदै जन्मिएर पनि रुवाउदै मर्न पाइयोस् अर्थात् जन्म सामान्य होस तर मृत्यु ऐतिहासिक होस् ।

२. इतिहासमा उन्नतिको शिखरमा पुग्ने व्यक्तिहरु कुनै उच्च कुलमा, घरमा जन्मिएर भएका होइनन, उनीहरु उद्देश्यको उच्चताको कारणले भएका हुन  तसर्थ तपाई उद्देश्य महान् होस् ।

३. काम गर्दा आइपर्ने समस्यालाई होइन, सम्भावनाहरुलाई हेर्नुहोस, हरेक समस्यामा अवसर हुन्छ, त्यसलाई सामना गर्ने तागत र क्षमता हुनुपर्छ त्यो तत्परता सृजना गर्नुपर्छ । अवसरलाई पर्खने होइन सृजना गर्नुपर्छ । काम गर्दा बाहना होइन चाहना हुनुपर्छ ।

४. कसैले आपूmलाई गाली गर्दा पनि आपूm भित्र क्रोध होइन प्रेम उब्जाउन सक्ने असल मान्छेको पहिचान हो । जसले तिम्रो बाटोमा काँडा रोप्छ, उसको बाटोमा पूmल ओच्छयाइदिनु भन्ने सन्त कविरको विचारलाई आत्मसाथ गरौ ।

५. हामीे आफनो घर सानो भएकोमा त्यति चिन्तित छैनौ, जति अरुको घर ठूलो भएकोमा चिन्तित छौ । तसर्थ अरुको प्रगतीमा डाह नगरौ आफनो दुर्गतीको कारण खोजौ । अरुको उचाई घटाएर आफनो हाइट बढाउने प्रयत्न नगरौ ।  विजेता कहिल्यै थाक्दैन, थाक्ने व्यक्ति विजेता पनि बन्दैन तसर्थ फरकशैली, फरक सोच विकसित गरी उत्कृष्टता हासिल गरौ ।

६. हेरेर मात्र पाइला राखौ, सोचेर मात्र बोलौ, जानेर बुझेर मात्र ब्यवहार गरौ, बितेको कुरामा शोक र आउने कुरामा चिन्ता नगरी बर्तमानमा चिन्तन गरी बाचौ यो नै सफलताको आधार हो ।
    
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप