विषयगत मिल्दा संघ एकीकरणका लागि महासंघको पहल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विषयगत मिल्दा संघ एकीकरणका लागि महासंघको पहल

ललितपुर । विषय मिल्दा संघहरुको एकीकरण प्रवर्द्धनका लागि राष्ट्रिय सहकारी महासंघले आज एकीकरण कार्यशाला गोष्ठी सञ्चालन गरेको छ । महासंघका अध्यक्ष मिनराज कडेलले कृषि क्षेत्रसँग सम्बन्धित १२ वटा केन्द्रीय संघहरुलाई लक्षित गरि एकीकरण कार्यशाला गोष्ठी आयोजना गरिएको बताउनुभयो । एकीकरणले सहकारीलाई बलियो बनाउने र क्षमता बृद्धि हुने भएकाले यसका लागि प्रोत्साहन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । उहाँले सहकारी ऐनले तोकेबमोजिमको प्रावधान पुरा गर्न नसकिने केन्द्रीय तथा जिल्लास्तरीय संघहरु एकीकरण हुँदा राम्रो हुने बताउनुभयो । 

गोष्ठीमा नेपाल सरकारका उपसचिव ऋषिराम पंगेनीले संघहरुको एकीकरणको आवश्यकता विधि एवं प्रक्रिया विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी अभियानलाई एकीकरणमार्फत सुदृढ गर्ने उद्देश्य संघको रहेको बताउनुभयो । उहाँले सरकारले प्रत्येक बर्षको बजेट तथा कार्यक्रममा एकीकरणलाई जोड दिएको बताउनुभयो । कार्यक्रममा महासंघका सञ्चालक डी.बी. बस्नेत, टेकप्रसाद चौलागाईको उपस्थिति थियो । 

कार्यक्रममा जडीबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी सुवेदीले किसानको जीवनस्तर परिवर्तन गर्ने गरी एकीकरणमा जाँदा हुने बताउनुभयो । दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाले केहि गतिविधि नगर्ने सहकारी संघहरु एकीकरण वा खारेज गर्नुपर्ने बताउनुभायो । उहाँले केन्द्रीय भन्दा पनि पहिले जिल्ला सहकारी संघहरु एकीकरण गर्नु सान्दर्भिक हुने धारणा राख्नुभयो । केन्द्रीय मौरीपालन सहकरी संघका उपाध्यक्ष जानुका थापाले जिल्लाबाट नै एकीकरण शुरु गर्दा सहज हुने तर्क राख्नुभयो । 

केन्द्रीय चिया सहकारी संघका निवर्तमान अध्यक्ष गोविन्द दाहालले एकीकरण हुने संघ÷संस्थाको समस्यामाथि कस्ले संबोधन गर्ने हो त्यो पनि स्पष्ट हुनुपर्ने मा जोड दिनुभयो । केन्द्रीय मत्स्यपालन सहकारी संघका उपाध्यक्ष संजय कुमार शाहले एकीकरण बाध्यात्मक नभइ प्रवर्द्धनात्मक हुनुपर्ने विचार राख्नुभयो । नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा सुपरिवेक्षण समितिका संयोजक महेश्वर सुवेदीले एकीकरण प्रक्रिया स्थानीय तहबाटै शुरु भए बढी प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । 

तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ र विउ उत्पादक केन्द्रीय संघको उकीकरण भइ कृषि विउ तरकारी तथा फलफुल केन्द्रीय सहकारी संघ भएको छ । यसरी केन्द्रीय संघ एक हुन सक्छन् भने यसले उदाहरण प्रस्तुत गरेको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप