एकीकृत फ्रेण्डसिप साकोसको तेस्रो एकीकरण प्रयास स्वीकृत; चैत १ गतेबाट एकीकृत कारोबार शुरु हुने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोसको तेस्रो एकीकरण प्रयास स्वीकृत; चैत १ गतेबाट एकीकृत कारोबार शुरु हुने

दोलखा । जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोसको तेस्रो एकीकरण प्रसाय बागमती प्रदेश सरकारबाट स्वीकृत भएको छ । विगतमा पहिलोपटक ९ र दोस्रो पटक २ गरी ११ वटा विभिन्न उद्देश्यका सहकारीहरु एकीकरण गर्न सफल उक्त साकोसले थप ३ सहकारीहरुसँग एकीकरणको औपचारिक स्वीकृति प्राप्त गरेको छ । आज बागमती प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एकीकरण प्रयासलाई विधिवत स्वीकृत गरेको हो । साकोसले जिरी स्थित जिरीश्वरी महिला साकोस, भिभेश्वर नगरपालिका स्थित कुखुरा व्यवसायी साकोस र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका अन्तर्गतको प्रिति साकोससँग एकीकरण गरेको छ । एकीकृत कारोबार चैत १ गतेबाट सुरु गरिने बताइएको छ ।

एकीकृत फ्रेण्डसिपले २०७१ साल पौष १६ गते जिरी स्थित विभिन्न उद्देश्यका ९ वटा सहकारी संस्थाहरु एक साथ एकीकरण गर्न सफल भएको थियो भने २०७४ सालमा जिरी नगरभित्रका थप २ वटा सहकारी संस्थाहरु एकीकरण गरि ११ वटा संस्थाहरुको एकीकृत कारोवार सुरु गरेको थियो ।  हाल संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका र रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिकाको वडा नं १, २, ३ र ४ रहेकोमा संशोधित विनियम पश्चात संस्थाको कार्यक्षेत्र दोलखा जिल्लाको जिरी नगरपालिका, वैतेश्वर गाउपालिका र भिमेश्वर नगरपालिका साथै रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका समेत कार्यक्षेत्र थप भएको छ । हाल संस्थाले मुख्य कार्यालय सहित जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिकामा समेत गरी ९ वटा स्थानबाट एकै साथ नेकोस प्लस सफ्टवेयर मार्फत ABBS सहितको सेवा प्रवाह गर्दै आइरहेको छ । यसका साथै निकट दिनमा यस सहकारीले सदस्यहरुको हितलाइ मध्यनजर गर्दै दोलखा जिल्लको भिमेश्वर नगरपालिका स्थित चरिकोटमा, गोकुलगंगा गाउँपालिकाको बेतालीमा र उमाकुण्ड गाउँपालिको प्रितिमा थप सेवा केन्द्र संचालन गरी थप सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप