पर्साका सात साकोसको जोखिम सुरपरिवेक्षण समिक्षा कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्साका सात साकोसको जोखिम सुरपरिवेक्षण समिक्षा कार्यक्रम

पर्सा । जिल्लाको विरगञ्ज महानगरपालिका वडा नं. १० स्थित गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेप्mस्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम–कर्ब्स पर्सा क्लस्टर को तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक राउत अहिरको सभापतित्व, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य शम्भु प्रसाद गुप्ताको प्रमुख अतिथ्यता, नेप्mस्कून सचालक सदस्य हरेराम प्रसाद, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका अध्यक्ष राजेश पंडित, सहकारीकर्मी जिष्णु बरालको उपस्थितिमा र नेफस्कूनका कार्यक्रम अधिकृत गौतम साहको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि शम्भु प्रसाद गुप्ताले विगतका कार्यशालामा सिकेको सिकाई कार्यान्वयनको अवस्था र आजको सिकाईबाट उत्कृष्ट नतिजा सहितको रिपोर्ट सहभागीहरुबाट आउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले सहभागी सम्पूर्ण व्यवस्थापक र संस्थाको अग्र भागमा रहेका कर्मचारीहरुलाई सिकाइप्रति उप्रेरित गर्ने उद्देश्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक हरेराम प्रसाद, जिल्ला बचत संघ पर्साका अध्यक्ष राजेश पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

उक्त कार्याशालामा विन्दवाशिनी साकोस, आर्शिवाद साकोस, कान्तिपुर साकोस, शिवम् साकोस, गृह लक्ष्मी साकोस, विरगञ्ज साकोस, लालीगुराँस साकोसका व्यवस्थापकहरुले आ–आप्mनो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीका क्रममा देखिएका संस्थाहरुको विविध कमीकमजोरीलाई समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा सहजकर्ता गौतम साहले सुझाव समेत दिनुभएको थियो । अगामी कार्याशाला शिवम् साकोस, विरगञ्जको आयोजनामा हुने निर्णय गरिएको छ । कार्यक्रम सञ्चालन गृह लक्ष्मी साकोसका व्यवस्थापक रविभुषण श्रीवास्तवले गर्नुभएको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप