बागलुङमा सहकारीका एकैदिन तीन सेवा केन्द्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागलुङमा सहकारीका एकैदिन तीन सेवा केन्द्र 

बागलुङ । जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई गाउँ गाउँमा सहकारी सेवा दिने उद्देश्य सहित बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले, मुलपानी र काँठेखोला गाउँ पालिकाको तंग्राममा ३ वटा सेवा केन्द्र एकैदिन स्थापना गरेको छ ।

सिवाइसी सहकारी सेवा केन्द्रको उद्घाटन संविधान सभासदस्य प्रकाश पौडेलले सहकारीले शेयर सदस्यलाई बैंक सरहको सेवा सुविधा दिने जुन कार्यक्रम सुरूवात गरेको छ, यो सकारात्मक काम भएको बताउनुभयो । 

सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जनतालाई गाउँ गाउँमा सहकारी सेवा पुर्याउने उद्देश्यले सेवा केन्द्र विस्तार अभियान शुरू भएको, धौलागिरि अञ्चललाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिएको र युवा जनशक्तिलाई स्वदेशमै काम गर्न सहुलियत दरमा ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले अब अन्य १२ वटा सहकारी संस्थाबीच पनि एकीकरण प्रक्रियाको तयारी भएको बताउनुभयो । सरकारले छरिएर रहेका सहकारी संघ संस्थालाई एकीकृत गरि मजबुत सहकारी संस्था बनाउन दिएको निर्देशनको पालना गर्दै सहकारी एकीकरण सँगै गाउँ गाउँमा सहकारीका सेवा केन्द्र मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्ने लक्ष्य संस्थाले लिएको अध्यक्ष शर्माले जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्य, बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, राष्ट्रिय कलाकार रेशम सापकोटा सहित स्थानीय जनप्रतिनिधि र स्थानीय सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 

यस बर्ष ३० वटा सहकारी संस्था बीच एकीकरण भई १४ हजार ७ सय ८६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २८ करोड ४७ लाख १० हजार ४ सय पुगेको छ । कुल बचत १ अरब ३१ करोड ८५ लाख ३७ हजार ५७ रूपैयाँ र १ अरब २ करोड ६८ लाख १३ हजार ८ सय ३७ रूपैयाँ ऋण प्रवाह गरेको छ ।

संस्थाले धौलागिरि भित्रका ३ जिल्लाः बागलुङ, पर्वत र म्याग्दी मा यस अघि नै २२ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । कार्यक्रमको अध्यक्षता सिवाईस साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले र कार्यक्रम सञ्चालन सहकारीका सचिव जयराम भारीले गर्नुभएको थियो । सबैभन्दा धेरै सहकारी एकीकरण गरी सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए वापत सिवाइसी साकोस यस बर्ष नेफ्स्कूनद्वारा पुरस्कृत समेत भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप