चितवनमा फेन्सी साकोसको क्यूआर कोड सेवा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा फेन्सी साकोसको क्यूआर कोड सेवा 

भरतपुर १ चितवनमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं स्थापना दिवसको अवसरमा ईसेवासँगको सहकार्यमा सदस्यहरुलाई क्यु आर कोड सेवा उपलब्ध गराएको छ । क्युूआर कोड सेवाको उद्घाटन नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोखरेलले गर्नुभएको थियो । सहकारीले प्रदान गरेको प्रविधिमैत्री क्युआर कोड सेवाबाट सहकारीका सदस्यले आफ्नो व्यवसायमा हुने कारोबार बापतको रकम वा कुनै पनि भुत्तानी लिदाको रकम क्युआर कोड मार्फत संस्थामा रहेको आफ्नो खातामा जम्मा हुने भएकोले नगद रहित सुरक्षित कारोवार गर्न सकिने सहकारीका अध्यक्ष मेघराज कंडेलले बताउनुभयो । अध्यक्ष कंडेलले क्युआर कोड सेवा छिटो,सजिलो,सरल र सुलभ भएकाले संस्थाको सदस्य, सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाले पहिलो चरणमा २३ जना सदस्यलाई क्यूआर कोड वितरण गरेको छ ।

यसै गरि संस्थाले ईन्फोडेभलपर्स प्रा.लि। सँगको सहकार्यमा क्यु आर कोड सुविधा समेत सुचारु गरेको छ । सदस्यले संस्थाको मोबाईल एपको प्रयोग गरि सजिलैसँग निःशुल्क नगद रहित कारोबार गर्न सक्नेछन ।प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका व्यस्थापक ठुलोकान्छा ९अमित० बम्जनले बताउनुभयो । बम्जनले सहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमानै नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गर्नुभयो। 

हाल संस्थाले पहिलो वर्षका लागि सदस्यलाई मोबाईल बैंकिङ् सेवा निःशुल्क प्रदान गर्दै आईरहेको छ । क्यु आर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरी रहेका जुनसुकै फोनपे नेटवर्कमा सहकारीको मोवाईल एप मार्फत भुक्तानी लिन दिन सक्नेछन् । सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् विजुली, टेलिफोन , ईन्टरनेट , खानेपानी , ईन्सुरेन्सको विल भुक्तानी गर्ने , मोवार्एलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने लगायतका अधिकतम डिजिटल सेवा दिदै आएको छ । 

यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने , सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, ईसेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने , संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो । हाल संस्थाले सदस्यलाई मोबाईल बैंकिङ्, मिस्डकल बैंकिङ, एटीएम लगायतका डिजिटल सेवाहरु प्रदान गर्दै आईरहेको छ  । संस्थाले ईसेवासँग सहकार्य गरि आगामी ३ महिनाको लागि मोबईल बैंकिङ् एपबाट सदस्यले निशुल्क विभिन्न बैंकमा रकम ट्रान्स्फर सुविधा समेत प्रदान गिरएको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप