दोलखामा साकोस एकरुपता प्रणाली गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा साकोस एकरुपता प्रणाली गोष्ठी सम्पन्न

दोलखा । नेफ्स्कून फिल्ड कार्यालय दोलखाको आयोजना र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापनमा आज साकोस एकरुपता प्रणाली समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । नेफ्स्कूनका संचालक तथा दोलखा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक जिवसराज खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, विशेष अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई , जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्का र फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एकरुपता प्रणाली नेफ्स्कूनको मात्र कार्यक्रम नभई साकोस अभियानैको कार्यक्रम रहेको र दोलखामा अभ्यासमा रहेको एकरुपता प्रणाली  देशभर सिकाई हुने कुरा बताउनुभयो । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले नेफ्स्कूनको अन्तरलगानी कार्यक्रमको सुरुवातमा २०५३ सालमा दोलखा जिल्लाको १६ हजार रुपैया बाट सुरु भएको कुरा स्मरण गर्दै हाल नेफ्स्कूनको व्यवसाय वृद्धिमा दोलखाको योगदानको प्रशंसा गर्नुभयो ।  

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमीराज खड्काले दोलखा जिल्लामा एक्सेस कार्यक्रममा ६ वटा संस्था, प्रोबेसनमा ३ वटा , कर्वस कार्यक्रममा ३१ वटा आवद्ध भएको र अन्य आवद्ध नभएका संस्थालाई नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी मार्फत अभियानमा जोडि निति, विधि र प्रविधिमा लैजाने प्रविद्धता जनाउनुभयो । २०७६ फागुन १ गते भएको अघिल्लो कार्यक्रमको समिक्षा, साकोस हरुको प्रगति तथा आगामी कार्ययोजना सहितको प्रस्तुतीकरण गर्दै कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । जिल्लाका ७० वटा सहकारीका ११० जना सहकारीकर्मीहरुबीच भएको कार्यक्रमकोे आगामी समिक्षा २०७८ भाद्र १५ गते आयोजना हुने निर्णय भएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप