ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सम्पन्न 

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा २ दिने 'ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम' सम्पन्न भएको छ । फागुन  १७ र १८ गते  आयोजित तालिमको पहिलो दिन 'धितो मुल्याङ्कन' सम्बन्धमा इन्जिनियर बिक्रम दाहालले, दोस्रो दिन 'ऋणको कानुनी प्रक्रिया' सम्बन्धमा नेफ्स्कूनका कानुनी सल्लाहकार रामचन्द्र सिम्खडा र प्राचार्य गणेश प्रसाद तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । तालिममा ललितपुर ,काठमाडौं, र सिराहा  जिल्लाका विभिन्न संस्थाहरु बाट ११ महिला र बाँकी पुरुषसहित ३७ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको समापन नेफ्स्कून ललितपुर फिल्ड ब्यबस्थापन उपसमिति सदस्य बिष्णु हुमागाइको अध्यक्षता तथा कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा भएको थियो । तालिमका ४ सहभागीले २ दिने सिकाइ अनुभव सुनाउनुभएको थियो । उहाँहरुले तालिम धेरै महत्वपूर्ण रहेको भन्दै ऋण लगानीमा थप जिम्मेवार हुन सहयोग पुगेको, विविध कानुनी बिषयमा जानकारी प्राप्त भएको र सजग र सुशासित भइ कार्य संचालन गर्न सहज भएको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानलाई मजबुत बनाउन संघले विभिन्न कार्यक्रम संचालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनु पर्ने धारणा राख्दै सस्था सञ्चालन गर्दा कानुनी पाटो ध्यान दिनु पर्ने, कानुनी बिषयमा हेल्चेक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी बिषयलाई मिचेर कसैले काम गर्नु भनेर दबाब दिएमा ब्यबस्थापक वा कर्मचारीले त्यस्ता काम गर्न सक्दिन भन्न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थाहरुमा लागु हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो । सहभागीहरुले तालिमबाट प्राप्त उपलब्धिप्रति खुसी व्यक्त गर्नुभएको साकोस आवाजलाई बताउनुभयो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप