आठौं एकीकरण उत्सवमा ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आठौं एकीकरण उत्सवमा ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान

काभ्रे । पनौती न.पा. ६ नमोबुद्ध रोड काभ्रेमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आज जेष्ठ सदस्य सम्मान र वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आठौं एकीकरण उत्सव मनाएको छ । 

प्रत्येक बर्ष एकीकरण दिवसको अवसरमा सामाजिक कार्यहरु गर्दै आएको उक्त संस्थाले यस बर्ष ५५ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोगमा बृहत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ४०० जनाले स्वास्थ्य सम्बन्धी साधारण चेक जाँच , रगत परीक्षण, सुगर, प्रेसर, युरिक एसिड, आखाँ सम्बन्धी सम्पूर्ण परीक्षण, गाइनो, भिडियो एक्सरे, ईसिजी परीक्षण गरेका थिए । उक्त शिविरमा परीक्षण गर्न आउने सम्पूर्ण सदस्यहरुलाई संस्थाको पहलमा थप उपचारका लागि काठमाडौं मेडिकल कलेजले औषधी उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतित्थ्यता र संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि परितोष पौड्यालले संस्थाका जेष्ठ सदस्यहरुलाई र बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान गर्नुभएको थियो । संस्थाले सहकारी एकीकरणमा खेलेको भुमिकाको प्रशंसा गर्दैे उहाँले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदान र गरिबी निवारण तथा उत्पादनमा सदस्यलाई आर्थिक आत्म निर्भर र सम्वृद्ध समाज निर्माण गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनु भएको थियो ।

संस्थाले वि स. २०६९ साल फाल्गुन १९गते काभ्रेको पनौतीमा रहेका ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृति नमुना चार वटा छुट्टा छुट्टै संचालनमा रहेको संस्थाहरुलाई एकैपटक नेपालमै पहिलो पटक भव्यरुपमा सहकारी एकीकरण गरी एकीकरणमा अग्रणी भुमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभुमि रहेको छ । एकीकरण अभियानलाई नेतृत्व गरेको यस संस्थाले गत वर्ष आफ्नो सातौं एकीकरण उत्सवका अवसरमा बल्थलिमा रहेको जन्म ज्योति महिला विकास वहुउद्देश्यीय सहकारी सँग पनि एकीकरण गरेको थियो ।

कार्यक्रममा बागमति प्रदेश बचत संघ, जिल्ला सहकारी संघ काभ्रे, जिल्ला बचत संघ काभ्रे, पत्रकार महाँसंघ काभ्रे, सिटिजन लाइफ इन्सोरेन्स, सिद्धार्थ इन्सोरेन्स लगायत विभिन्न छिमेकी सहकारीबाट पाल्नु भएका अतिथिहरुबाट संस्था यस वर्ष नेफस्कूनद्धारा २९ औ बार्षिक साधारण सभाबाट वागमति प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएकोमा हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा नेपालको सहकारीको अभियानको नेतृत्व गर्न शुभकामना दिनुभयो । ”दिगो र उत्कृष्ट वित्तिय सहकारी संस्था“ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७७ माघ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई हाल ११५०० शेयर सदस्य तथा ९७० बाल बचतकर्ता सदस्यहरु मार्र्फत करिव कूल ९० करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको कुरा सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जानकारी गराउनु भयो । 

सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा जानकारी  गराईएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष कान्छीमैंया थापाले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव दिपकप्रसाद दाहालले गर्नु भएको थियो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२५ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप