शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी

डा. शिवमाया तुम्बाफाङ्फे
मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

१ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सहकारी क्षेत्रसँग प्रत्यक्ष परोक्ष संलग्नसहित सम्पूर्ण नेपाली महिलाहरुमा सर्वप्रथम हार्दिक शुभकामना व्यक्त गर्दछु । महिला दिवसको इतिहास समान ज्यालासहित शोषणरहित, मर्यादित र समतामूलक समाज निर्माणको जगमा आधारित छ । नेपालको सन्दर्भमा पनि यसको इतिहासले उठान गरेका विषयहरु आज १ सय वर्ष पार गरिसक्दा समेत उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन् ।

मुलुकमा राजनीतिक परिवर्तन र अधिकारका लागि भएका प्रत्येक आन्दोलनको एजेन्डाभित्र महिलाका मुद्दाहरु परेपनि महिलाहरुको अवस्थामा अपेक्षाकृत सुधार आउन नसकेको सत्य हो । यद्यपि, शासकीय स्वरुप परिवर्तनसँगै केही सुखद संकेतहरु हामीले देखेका छौं । महिला अधिकारका सम्बन्धमा प्राप्त उपलब्धिहरु रक्षा गर्दै विभेदकारी कानून, व्यवहार र परम्पराहरुको अवशेष नरहने वातावरण तयार गर्नुपर्ने आवश्यकता छ । यसका लागि सरकारको प्रयासमा सहकारी क्षेत्रको सहयोग वाञ्छनीय छ । 

महिला अधिकार सुनिश्चितताका लागि अन्य लैङ्गिक समुदायको भूमिका उत्तिकै सकारात्मक र प्रभावकारी हुनुपर्दछ । खासगरी पुरुषहरुमा यी विषयको शिक्षा मात्र होइन चेतनास्तर उक्सन सके मात्र हामीले खोजेको जस्तो महिला समानता र समताको अवस्था सम्भव छ । सोही कारण महिलामाथिका सबै खाले शोषण, हिंसा र विभेदको अन्त्यसँगै सशक्तिकरणका लागि पुरुषहरुको साथ आवश्यक छ । दिगो विकासको लक्ष्यसँग पनि महिला हक अधिकार सुनिश्चिचताको सवाल जोडिएको प्रसङ्ग समेत यहाँ जोड्न चाहन्छु ।

आफू जहाँ छौं, त्यहीँबाट समाजका लागि र नारीका लागि केही न केही योगदान गर्न चाहन्छु । तीन वर्षको दौरानमा उपसभामुखको भूमिकामा रहँदा होस् या कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा महिलालाई नीति निर्माणमा सहभागी गराउन भूमिका खेलेको स्मरण गराउन चाहन्छु । हालैमात्र सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा समग्रमा २५ प्रतिशतको उपस्थितिलाई सुनिश्चित गरेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।  

मैले नेतृत्व लिएको मन्त्रालयले सहकारी क्षेत्रसमेत हेर्ने गरेको छ । सहकारीमार्फत सामाजिक, आर्थिकलगायतका क्षेत्रमा पहुँच नपुगेका महिलाहरुको समुन्नतिका सार्थक प्रयासहरु अघि बढाउनुपर्ने आवश्यकता छ । त्यसमा म प्रयासरत छु । सहकारी सामाजिक उद्यम भएकाले महिलाहरुलाई यसमार्फत उद्यमशीलता विकासमा जोड्नुपर्ने औचित्य कोभिड १९ पछि झन् बढी प्रष्ट भएको छ । मुलुकले पनि सहकारीलाई संवैधानिक मान्यता प्रदान गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्थाको सबल सारथी मानेको परिप्रेक्ष्यमा यस क्षेत्रको योगदानको खोजी सरकारको पनि हक बनेको छ । नेपाली समाजमा महिलाहरुको भूमिका थप सशक्त पार्दै रुपान्तरणकारी शक्तिको रुपमा स्थापित गर्नुपर्ने अभियानमा सहकारी क्षेत्र जोडिनु अत्यावश्यक छ ।

शोषण र विभेदरहित समाज निर्माण गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’को सरकारको लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रबाट महत्वपूर्ण योगदानको अपेक्षा अनौठो हो भन्ने लाग्दैन । सहकारीमार्फत महिलाहरुको केवल वित्तीय समावेशीकरण मात्र नभई सामाजिक, शैक्षिक, राजनीतिक र पर्यावरणीय मुल प्रवाहीकरण पनि सम्भव भएकाले बहुपक्षीय प्रगतिको द्योतक यस क्षेत्र बन्न सक्नुपर्छ । यस दिशातर्फको यात्रा सहज नभएपनि सम्भव छ भन्ने हामी सबैले मनन गर्नुपर्छ ।

महिलामैत्री सहकारी कानून र नीति नियम निर्माणका लागि सरकार सचेत रहेको छ भने देशभरका सबै प्रकृतिका सहकारीहरुमा महिला मैत्री विनियम, नीति नियमहरु निर्माणसँगै तिनको अक्षरशः पालनाको सुनिश्चितताका लागि पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप