साकोस सञ्जालीकरणमा जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सञ्जालीकरणमा जिल्ला संघ साझेदारी कार्यक्रम प्रभावकारी 

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको साझा सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै सहकारी भावको कार्यान्वयनलाई सुनिश्चित गर्न नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम सफल रहेकोमा सहभागीहरुले जोड दिएका छन् । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत भक्तपुरको सूर्यविनायकमा चैत्र २४ र २५ गते सञ्चालन भएको सञ्जाल सक्षमता विकास कार्यक्रमका सहभागी बक्ताहरुले साकोसमा स्तरीय नीति, कार्यविधि तथा प्रविधिगत एकरुपता कायम गर्दै विश्वसनियता बृद्धिका लागि सञ्जाल साझेदारी कार्यक्रम कोशेढुङ्गा सावित भएको बताएका हुन् । 

सञ्जाल सक्षमता विकास कार्यक्रम का अवसरमा बोल्दै नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले संघमा आबद्ध सबै जिल्ला संघहरुलाई जिल्ला संघ साझेदारी कार्यक्रममा क्रियाशिल बनाउन र संघहरुको सक्षमता विकासका लागि नेफ्स्कूनले योजनाबद्ध कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँले कर्णाली र सुदुर पश्चिम प्रदेशका बचत संघहरुको पनि साझेदारी कार्यक्रम आबद्धताका लागि संघले योजनाबद्ध कार्यक्रम ल्याउनेमा जोड दिनुभयो । 

महासचिव दामोदर अधिकारीले दुई दिनको छलफलबाट उठेका सुझावहरुबाट जिल्ला संघहरुको सक्षमता विकासमा र सञ्जाल सुदृढीकरणका लागि केन्द्रीय संघलाई अभिभावकको दायित्वबोध गराएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अभियानको सुदृढीकरणका लागि प्राप्त सुझावहरुप्रति अपनत्व लिएर प्रक्रियागत रुपमा संबोधन गर्ने र स्रोत साधन उपयोगमा साझेदारीको मोडल मार्फत अगाडि बड्न संघ प्रतिबद्ध छ ।” 

जिल्ला संघ साझेदारी व्यवस्थापन केन्द्रीय कार्यदलका संयोजक एवम् कोषाध्यक्ष दिपक पनेरुले संघमा आबद्ध ६६ वटा जिल्ला बचत संघ मध्ये हालसम्म २२ जिल्ला बचत संघ सँग मात्र साझेदारीका कार्यक्रम अगाडि बढेको बताउँदै क्रमैसँग सबै जिल्ला बचत संघहरुलाई साझेदारीमा जोड्ने योजना रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रथम चरणमा ३१ जिल्ला बचत संघसँग साझेदारी कार्यक्रमको योजना अगाडि बढेको छ, बाँकी संघहरुको पनि सक्षमता विकास गर्ने र छलफल र संवादको माध्यमबाट साझेदारी कार्यक्रमको महत्व बुझाउँदै संघहरुलाई कार्यक्रम प्रति थप क्रियाशिलता अभिबृद्धि गरिनेछ ।”

नेफ्स्कूनका सञ्चालक चण्डीप्रसाद शर्मा पौड्यालले हिजोका दिनमा विविध विषयमा नेफ्स्कून र जिल्ला बचत संघ बीच दुरी थियो तर आज जिल्ला संघ साझेदारी कार्यक्रममार्फत अभियान सुदृढीकरणका लागि ऐक्यवद्धता जाहेर गर्ने बातावरण बनेको छ,  उहाँले जोड्नुभयो, “यसमा अझ क्रियाशिलता बढाउन, साझा बुझाइ निर्माण गर्न र सञ्जाल सबलिकरणका लागि प्रतिबद्ध रहन यो दुई दिनको कार्यक्रम अत्यन्त प्रभावकारी बनेको छ ।”  

जिल्ला संघ साझेदारी व्यवस्थापन केन्द्रीय कार्यदलका सदस्य एवम् जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले बचत ऋण सहकारी अभियान अब प्रतिष्पर्धि भएर होइन एक भएर अगाडि बढ्ने बेला आएको बताउनुभयो । उहाँले विद्यमान चुनौतीको सामना गर्दै असरको खोजी गर्न र एक अर्काका सहयोगी भएर अगाडि बढ्न जिल्ला बचत संघ भक्तपुर सँधै तयार रहेको दावी गर्नुभयो । 

कार्यक्रममा विभिन्न जिल्लाका साभेदारी कार्यक्रममा सहभागी जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारी, सञ्चालक एवम् व्यवस्थापक सहित ४० जना र नेफ्स्कूनका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो । 

त्यसैगरी विभिन्न जिल्लाबाट सहभागी बचत संघका प्रतिनिधिहरुले साझेदारी कार्यक्रम सम्बन्धमा राख्नुभएका सकारात्मक र महत्वपूर्ण ३१ वटा सुझावहरुलाई आजै जिल्ला संघ साझेदारी व्यवस्थापन केन्द्रीय कार्यदलको बैठक बसी अभिलेखीकरण गरेको छ भने प्रत्येक तीन महिनाको अन्तरमा जिल्ला बचत संघको सहकार्यमा नियमित समिक्षा बैठक बस्ने निर्णय समेत गरेको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप