संसारको सबैभन्दा 'सहकारीमय' देश फिनल्याण्डः ९० प्रतिशत जनसंख्या सहकारीमा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संसारको सबैभन्दा 'सहकारीमय' देश फिनल्याण्डः ९० प्रतिशत जनसंख्या सहकारीमा 

एजेन्सी । युरोपली मुलुक फिनल्याण्ड संसारकै सबैभन्दा सहकारीमय मुलुक मानिन्छ । हाल ५५ लाखको हाराहारीमा जनसंख्या भएको फिनल्याण्डमा सहकारीका सदस्यहरुको संख्या ७० लाख छ । त्यहाँ एकै व्यक्ति धेरै सहकारीका सदस्य छन् । सन् २०१९ मा त्यहाँ सहकारीको कूल वार्षिक कारोबार ३० बिलियन यूरो नाघेको थियो ।

सन् २०२० को तथ्याङ्क अनुसार फिनल्याण्डमा हाल ४ हजार बढी सहकारीहरु छन् जसमध्ये उपभोक्ता र बैंकिङ सेवामा सबैभन्दा बढी सदस्यहरु छन् । त्यस्तै, बिमा सहकारीमा पनि उल्लेख्य सदस्यहरु रहेका छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ र युरोपेली युनियन (इयू) को साझेदारीमा गरिएको सहकारी म्यापिङ कार्यक्रम अन्तर्गत सम्पन्न फिनल्याण्डको अध्ययनले सन् १९५० कै दशकमा नै फिनल्याण्ड सहकारी अभियानको संसारकै सबैभन्दा शक्तिशाली मुलुक बनिसकेको इतिहास उल्लेख गरेको छ ।  

फिनल्याण्डमा कृषि सहकारी हालै एकदमै फस्टाएको छ । त्यहाँका कृषि सहकारीहरुले दुधमा ९७ प्रतिशत तथा मासुमा ८० प्रतिशत बजार हिस्सा ओगटेका छन् । उपभोक्ता सहकारीले ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्वको दोस्रो उत्कृष्ट पत्रिका ‘द गार्डियन’ अनुसार फिनिस अर्थतन्त्रमा सहकारी उद्यमहरुको बलशाली उपस्थिति छ किनकी उनीहरु सदस्यको सहभागितालाई अर्थपूर्ण बनाउँदछन् ।

सन् १८९९ मा पेलेर्भो कन्फेडरेसन अफ फिनिस कोअपरेटिभ्स्को स्थापनासँगै त्यहाँ सहकारी इतिहास सुरु भएको पाइन्छ । फिनल्याण्डमा सन् १९०१ मा पहिलो सहकारी कानून निर्माण भएको थियो । त्यतिबेला ९० प्रतिशतभन्दा बढी फिनिसहरु कृषि पेसामा आबद्ध थिए । ह्यान्स गेभार्ड (१८६४–१९३३) र उहाँकी पत्नी हेड्विक गेभार्ड (१८६७–१८९१) लाई फिनिस सहकारीको पिता र माताको रुपमा मानिन्छ । रोचडेल पायोनियर्स मोडलमा आधारित सहकारीलाई गेभार्ड दम्पतिले जोड दिए । फिनल्याण्डको सबैभन्दा ठूलो विश्वविद्यालय हेल्सिन्की विश्वविद्यालयका प्राध्यापक ह्यान्स गेभार्डले सन् १८९९ मा Agricultural Cooperation in Other Lands नामक पुस्तक प्रकाशित गर्नुभयो । उक्त पुस्तकमा उहाँले कृषि सहकारी नै सामाजिक परिवर्तन र स्वतन्त्रताको जग बन्नसक्ने उल्लेख गर्नुभयो । त्यसबेला फिनल्याण्ड रुसको अधिनस्थ गरिब मुलक थियो ।

पछि उहाँकै अग्रसरतामा सहकारीसम्बन्धी जानकारी, शिक्षा, सूचना प्रदान गर्ने निकाय पेलेर्भो स्थापना भयो जसले सुरुवाती चरणमा ग्रामीण क्षेत्रमा सहकारी प्रवर्धनका लागि विश्वविद्यालयका विद्यार्थीहरुलाई खटाउने गर्दथ्यो । ह्यान्स गेभार्ड पेलेर्भो सहकारीका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।

स्कटल्याण्डको संसदमा सम्बोधन गर्दै पेलेर्भोका वर्तमान निर्देशक क्यारी हुटालाले भन्नुभयो, “फिनल्याण्ड संसारकै सबैभन्दा सहकारीमय मुलुक हो । (Finland is the most cooperative country in the world)” स्मरणीय छ, फिनल्याण्ड विश्वको सबैभन्दा खुसी मुलुक पनि हो । लगातार छैठौं वर्ष यो  World Happiness Index को शीर्ष स्थानमा रहँदै आएको छ भने सामाजिक न्यायका मामिलामा पनि विश्वमै अंग्रपत्तिमा आउने मुलुक हो । संसदमा उहाँले भन्नुभयो, “रुस अधिनस्थ रहेकै बेला फिनिस बौद्धिक जमातले के राम्ररी बुझ्यो भने जनताहरुलाई एक बनाउने भनेकै सहकारीमार्फत हो । शताब्दी लामो त्यहाँको इतिहासको प्रारम्भ रुस अधिनस्थ रहदाँ नै भएको थियो । हाम्रो मुलुकको जस्तो पारम्परिक गुठी धर्मभकारी, पर्म पैंचो जस्तो प्रचलन त्यहाँ पनि थियो जसलाई ‘टलकुट ट्रेडिसन’ भनिन्थ्यो ।

दोस्रो विश्वयुद्ध र त्यसपछि १९९० को गहिरो आर्थिक मन्दीले विश्वसँगै फिनल्याण्ड पनि अछुत रहन सकेन । खासगरी तत्कालनी सोभिय संघसँगको व्यापार धराशायी भएपछि फिनिस अर्थतन्त्र मारमा पर्न गयो । त्यसबेला फिनल्याण्ड गरिब मुलुकको रुपमा गनिन्थ्यो । ठूला कम्पनीहरुले मुनाफामा एक छत्र राज गरेका थिए । विकल्पको रुपमा विस्तारै सहकारीको पदार्पण भयो । ग्रामीण क्षेत्रमा व्यापार व्यवसाय शुन्य प्रायः थिए । यस्तोमा हामीहरु आफै मिलेर पसल सञ्चालन गर्नुपर्छ भन्ने फिनिसहरुले ठाने । दुधको बजार व्यवस्थापन गर्न पनि एकदम कठिन थियो जसको जिम्मेवारी पनि सहकारीले नै लियो । अहिले फिनल्याण्डले सहकारी र पारस्परिकतामा आधारित अर्थतन्त्र विकास गरेको छ । सन् २०२१ को जुन महिनामा बनेको त्यहाँको नयाँ सरकारले पनि सहकारी मोडलमा आधारित व्यवसायहरुलाई प्रवर्धन गर्ने नीति लिएको छ ।  

फिनल्याण्डका दुई वटा सहकारी अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) का सदस्य छन् । पेलेर्भो कोप सेन्टर र एसओके कर्पोरेसन । पेलेर्भो आइसीएको पूर्ण सदस्य हो । यसका ३ सय सदस्य छन् । यसमा सहकारी विज्ञहरुको समूह छ भने यसले सहकारी सल्लाह, सुझाव, तालिम, प्रकाशन आदि काम गर्दछ । यसका सदस्य संस्थाहरु कृषि, बैंकिङ, उपभोक्ता र बिमाका क्षेत्रमा काम गर्दछन् । त्यस्तै एसओके पनि आइसीएको पूर्ण सदस्य हो । यसले आदि क्षेत्रमा चेन म्यानेजमेन्टको काम गर्दछ । एसओके ग्रुपका बरिष्ठ अधिकारीहरुले फिनल्याण्डमा लोककल्याणकारी व्यवसाय गरेर अफ्नो समूहले सदस्य तथा ग्राहकहरुलाई सहकारी सिद्धान्त र कर्मबारे जानकारी गराइरहेको बताए । (एजेन्सीहरुको सहयोगमा)

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप