‘ऋण जोखिम व्यवस्थापन’ भर्चुअल तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘ऋण जोखिम व्यवस्थापन’ भर्चुअल तालिम सुरु

काठमाडौं । नेफ्स्कून तालिम विभागको आयोजनामा २ दिने ‘ऋण जोखिम व्यवस्थापन’ तालिम आज सुरु भएको छ । भर्चुअल विधिबाट सञ्चालित तालिममा ऋणको परिचय, जोखिमको परिचय, ऋण जोखिम तथा न्यूनीकरण उपाय, ऋण जोखिम न्यूनीकरणका लागि ऋण जोखिम वर्गीकरण, ऋण लगानी प्रक्रियाहरु, विद्यमान कानूनी प्रावधानहरु आदि बारेमा पहिलो दिन सहजीकरण गरिएको थियो । आजको निःशुल्क तालिममा १ हजार भन्दा बढी सहभागीहरु जुममार्फत र अन्य धेरैजना तालिम केन्द्रको फेसबुक पेजमा गरिएको प्रत्यक्ष प्रसारणमार्फत जोडिनुभएको थियो ।

तालिमको शुभारम्भमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ऋण जोखिम न्यूनीकरण गरी संस्थागत प्रवलीकरणमा पनि तालिम सहयोगी हुने विश्वास व्यक्तगर्नुभयो । ऋणको सदुपयोगिता, सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन, संस्थाप्रतिको विश्वास, सुशासन, आदि महत्वपूर्ण विषयलाई महामारीको अवस्थासमेत ध्यानमा राखी तालिममा सहजीकरण हुने अपेक्षा उहाँले राख्नुभएको थियो ।

अध्यक्ष पौड्यालले कोभिडले संस्थाहरुलाई एकातिर लागनीमा समस्या उत्पन्न भएको र अर्कोतर्फ लगानी भएको ऋण उठाउने विषयसँगै सम्पूर्ण संस्थागत विकास चुनौती भएकाले यी विषयलाई २ दिनको भर्चुअल तालिमले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै प्रविधिमार्फत ऋण प्रवाह, ऋणको सदुपयोगिता मापन तथा लगानी सुरक्षित गर्ने नयाँ सम्भावनाहरुका बारेमा पनि तालिममा अन्तरक्रियात्मक छलफल गर्न उहाँले सुझाउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले आजको तालिमबाट प्राप्त सुझावहरुलाई ध्यानमा दिदै ऋण जोखिम व्यवस्थापन, लगानी असुली आदिमा आवश्यक नीति, कार्यविधिहरु, ऋण जोखिम कोष खर्च व्यवस्थापन, ऋण नवीकरणका सम्बन्धमा कानुनी र व्यावहारिक पाटो, जमानीको कानुनी तथा व्यवाहारिक भूमिका आदि विषयमा भोलिको तालिममा समेटिनुपर्ने सुझावहरु प्रस्तुत गर्नुभएको थियो । आजको तालिम विषयवस्तु, प्रस्तुति, समूहगत सहजीकरण आदि पक्षहरुबाट प्रशंसनीय भएको प्रमाण उत्साहजनक, सक्रिय र संख्यात्मक सहभागिताले पनि पुष्टि गरेको उहाँले दाबी गर्नुभयो । 

महामारीको अवधिमा ऋणको जोखिम व्यवस्थापनमा नेफ्स्कूनले खेल्नुपर्ने भूमिका, ल्याउनुपर्ने मार्गदर्शनहरु समयमै ल्याउने तथा नियामक निकायसँग समन्वयको कामसमेत भैरहेको महासचिव अधिकारीले जानकारी गराउनुभयो । साथै उहाँले अबको तालिमका विषयवस्तु र आवश्यकताहरुका सम्बन्धमा सुझावका लागि पनि सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले संस्थाहरुको लगानीलाई संरक्षित गर्ने, दिगो बनाउने र ऋण जोखिम व्यवस्थापनमा सहयोग गर्न तालिम उपयोगी हुने बताउनुभयो । ऋण जोखिम पूर्णत अन्त्य गर्नेभन्दा पनि न्यूनीकरण गर्नेतर्फ सबै संस्थाहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । सदस्यहरुलाई सहयोगी हुने गरी विषयमा नेफ्स्कून तालिम विभागले निरन्तर प्रविधि प्रयोग गरी तालिमहरु सञ्चालन गरिरहेको दोहोर्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य तिमल्सिना र बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले तालिमका क्रममा उठेका जिज्ञासाहरुको सम्बोधनसँगै बेलाबेलामा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुभएको थियो । आज विषयवस्तु सहजीकरण एवम् प्रस्तुतिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो । तालिम विभागका अधिकृतहरु उमेश कोइराला र रविन्द्र श्रेष्ठहरुले पनि सहजीकरण र व्यवस्थापन सहयोग गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप