नेफ्स्कूनद्वारा सीटीइभीटी मान्यताप्राप्त ‘बचत तथा ऋण परिचालक कोर्ष’ को कक्षा आजबाट सुरु  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सीटीइभीटी मान्यताप्राप्त ‘बचत तथा ऋण परिचालक कोर्ष’ को कक्षा आजबाट सुरु  

काठमाडौं । नेफ्स्कूनले सीटीइभीटीसँगको सम्बन्धनमा बचत तथा ऋण परिचालक कोर्षको अध्यापन आजबाट भर्चुअल सुरु गरेको छ । नेफ्स्कूनले सीटीइभीटी मान्यताप्राप्त छोटो अवधिको सहकारीसम्बन्धी यो दोस्रो कोर्षको पढाइ सुरु गरेको हो । यसअघि सहकारी व्यवस्थापक कोषको पहिलो ब्याचको कक्षा पूरा भैसकेको छ । कोरोनाको प्रतिकूलताका कारण उक्त कक्षा हाइब्रिड मोडलमा सञ्चालन गरिएको थियो भने यो दोस्रो कोर्षका कक्षाहरु भने पूर्णतः भर्चुअल सञ्चालन हुने नेफ्स्कून तालिम केन्द्रले जनाएको छ ।

सहकारीमा सरकारी मान्यताप्राप्त औपचारिक शिक्षा सहितको दक्ष जनशक्ति उत्पादनको आवश्यकतालाई ध्यानमा राखी नेफ्स्कूनले सीटीइभीटीसँगको सम्बन्धनमा छोटो अवधिको प्रमाणीकरण कोर्ष शुरु गरेको हो । सहकारी अभियानबाट यस किसिमको कोर्ष सुरु गर्ने कामको थालनी नेफ्स्कूनले गरेको हो । ४० घन्टा अवधिको यो कोर्षको अध्यापन पूरा गर्न डेढ महिना खर्चनुपर्ने हुन्छ । २० जनाको कोटा रहेको उक्त कोर्षका कक्षा बिहान जुममार्फत सञ्चालन गरिने नेफ्स्कून तालिम केन्द्रले जनाएको छ । बचत तथा ऋण परिचालक कोर्षमा शीर्षकले सम्बोधन गरेको बचत तथा ऋण परिचालनका सबै विषयहरु सँगै सहकारीसम्बन्धी आधारभूत सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेछ । २० जनाको कोटामा सतप्रतिशत सहभागिता छ भने यो पटक काठमाडौंभन्दा बाहिरी जिल्लाहरुबाट धेरै प्रशिक्षार्थीहरु सहभागी हुनुहुन्छ । सोही कारण पनि यो पटकको कक्षा पूर्णतः भर्चुअल सञ्चालन हुनेछ ।

यसैबीच, आज बिहान आयोजित कक्षा सुभारम्भ कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, प्रमुख अतिथि सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपाने, संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य गणेश प्रसाद तिमल्सिना, बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना, तालिम अधिकृतहरु सुमनराज घिमिरे, खिलनाथ लुईटेल, उमेश कोइराला र रविन्द्र श्रेष्ठको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेफ्स्कूनका अध्यक्ष पौडेल, महासचिव अधिकारी, विभागका उप रजिष्ट्रार न्यौपाने, संघका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेल लगायतले कोर्ष सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै यसले सहकारीमा शिक्षित जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । आजको कार्यक्रम नेफ्स्कूनका प्राचार्य तिमल्सिना र बरिष्ठ अधिकृत तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो भने प्रथम दिनको कक्षाको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृतहरु सुमनराज घिमिरे र उमेश कोइरालाले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप