‘८ वटा प्रतिक्षालय निर्माण गर्यौ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘८ वटा प्रतिक्षालय निर्माण गर्यौ’

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका ७ स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय कारोबारसँगै प्राकृतिक सौन्दर्य र सामुदायिक विकास कार्यक्रमलाई अघि बढाएको छ । नेफ्स्कूनको सदस्य अन्धकारमुक्ति साकोसले हिजो मात्रै मुख्य कार्यालय नजिक रामपुर नपा ७ आदर्शनगरको मुलसडक छेउ निर्माण गरिएको क्यारीमा फुल रोप्ने काम गरेको छ भने प्रतिक्षालय पनि निर्माण सम्पन्न गरेको छ । एकातिर केन्द्रीय कार्यालय र अर्कोतर्फ विद्यालय रहेको सडक छेउ क्यारीमा फुल रोपिएको हो ।

अन्धकारमुक्ति साकोसका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलका अनुसार कर्मचारीहरुको सहभागितामा ६० वटा विभिन्न प्रजातिका फुल रोप्ने काम गरिएको हो । सँगै प्रतिक्षालय पनि निर्माण गरिएको हो । ‘हामीले अघिल्लो आर्थिक वर्षमा ८ वटा प्रतिक्षालय निर्माण गर्यौ, ’व्यवस्थापक पौडेलले भन्नुभयो, ‘सहकारी ऐनले व्यवस्था गरेको सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट प्राकृतिक सौन्दर्य र र सामुदायिक विकासको काम गरेका हौं ।’ 

विद्यालय लगायत मानिसहरुको जमघट हुने स्थान हेरेर प्रतिक्षालय निर्माण गरिएको बताउँदै उहाँले यस प्रकारका सामाजिक विकास निर्माणका कामको संरक्षण संस्थाका सदस्य र आमसमुदायबाट हुने उल्लेख गर्नुभयो । सामुदायिक विकास कोषमा जम्मा भएको ८ लाख रुपैयाँमध्ये यी कामहरुमा ५ लाख रुपैयाँ खर्च भएको व्यवस्थापक पौडेलले साकोस आवाजलाई जानकारी गराउनुभयो । साकोसले अघिल्ला वर्षहरुमा पनि स्वास्थ्य शिविर, विद्यालयमा वित्तीय साक्षरता लगायतका कार्यक्रमहरु गर्दै आएको थियो । सामाजिक उत्तरदायित्वका यस प्रकारका कामले सहकारीहरु प्रति सदस्य र आमसमुदायको विश्वासमा बढोत्तरी हुने व्यवस्थापक पौडेलले बताउनुभयो ।

२०५६ साल पुस २० गते स्थापित अन्धकारमुक्ति साकोसका ५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । लघुवित्त कार्यक्रम समेत सञ्चालन गरेको साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप