नवनियुक्त सहकारी सचिव पाण्डेलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवनियुक्त सहकारी सचिव पाण्डेलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना

काठमाडौं । नवनियुक्त सहकारी सचिव गणेश प्रसाद पाण्डेलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बधाई एवम् शुभकामना प्रदान गर्नुभएको छ । आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित संक्षिप्त भेटघाटका क्रममा संघका अध्यक्ष पौड्याल र बरिष्ठ उपाध्यक्ष ढकालले  शुभकामना व्यक्त गर्नुभएको हो । 

भेटका क्रममा नवनियुक्त सचिव पाण्डेले उत्पादनमूलक क्षेत्रमा सहकारीको योगदान बढाउन जोड दिनुभएको छ । उहाँले बचत तथा ऋण सहकारीको नीतिगत विषयहरुमा के गर्न आवश्यक छ र कुन कुन विषयमा सहकार्य गर्न सकिन्छ, त्यसमा बसेर छलफल गर्न अनुरोध समेत गर्नुभएको छ । नेपाल सरकारको प्राथमिकता भनेको बचत तथा ऋण सहकारीको प्रवर्धन भन्दापनि उत्पादनमूलक सहकारीको प्रवर्धन प्रमुख हो । स्थानीय प्रविधि, स्थानीय कच्चा पदार्थको आधारमा सहकारीमार्फत उत्पादनमुलक क्षेत्रमा काम गर्न केही न केही खाका तयार गरौं । सचिव पाण्डेले भन्नुभयो, “आजसम्म सहकारी मार्फत जे जति ग¥यौं, सेवा क्षेत्र अलि राम्रो भएको छ तर उत्पादनको क्षेत्र ओझेलमा छ, जबसम्म उत्पादनको क्षेत्र सबल हुँदैन तबसम्म देशको अर्थतन्त्र पुष्ट हुँदैन ।”

उत्पादन, उत्पादकत्व र रोजगारीको कुरामा सहकारीलाई कसरी फ्रन्टलाईनमा ल्याएर काम गर्न सकिन्छ, यसबारे नेफ्स्कूनले के अवधारणा विकास गर्नुभएको छ ? सचिव पाण्डेले भन्नुभयो, “त्यो मलाई उपलब्ध गराउनुहोस् र यो विषयमा सहकारी विभागका रजिष्ट्रार, तपाई, हामी र सहकारी अभियानका अभियन्ता बसेर छलफल गरेर अगाडि बढौं, सहकारी नै मुलुकको समृद्धि र गरिबी निवारण हो ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अभियानमा संघको भूमिकाको बारे चर्चा गर्दै  नियामक निकायसँग नेफ्स्कूनको निरन्तरको सहकार्य र बचत ऋण अभियानमा सुशासन कायम गर्ने पक्षमा संघको प्रतिबद्धता बारे प्रष्ट पार्नुभएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भन्नुभयो, “बचत ऋण सहकारीको मुख्य कार्य बचत ऋण तथा वित्तिय सेवा हुनु आवश्यक छ, हाम्रो उद्देश्य नै बचत ऋण सहकारी हो, नीतिगत रुपमै बचत तथा ऋण सहकारीको पैसा सदस्यको पैसा हो, त्यसको परिचालनका लागि मन्त्रालयले छुट्टै नीति नै बनाउनुपर्छ, जुन हामीले मागीराखेका छौं ।” बचत तथा ऋणको छुट्टै ऐन आउनुपर्छ भन्ने विषयमा व्यापक रुपमा छलफल भएको छ,  यसमा अब ढिलाई हुनुहुन्न भन्ने हाम्रो धारणा हो, उहाँले जानकारी गराउनुभयो । 

नेफ्स्कूनका का.मु.प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कून र साकोस अभियानको विषयमा प्रष्ट पार्दै विगत ३४ बर्षदेखि साकोस अभियानको जागरण, विकास, प्रवर्धन, व्यावसायिकरणको क्षेत्रमा भएका काम, सुशासन र स्तरीकरणका लागि संघले सञ्चालनमा ल्याएका कार्यक्रमहरु, तालिम शिक्षाका कार्यक्रमहरुबारे सचिव पाण्डेलाई जानकारी गराउनुभएको थियो । 

यसअघि कर्णाली प्रदेशको प्रमुख सचिव रहनुभएका पाण्डेले २०७८ भदौ २४ गते विहिबारदेखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।  

भर्खरै
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी  तालिम सम्पन्न
सहकारीलाई प्रविधिमैत्री बनाउन नेफ्स्कूनको एआई सम्बन्धी तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१० दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत भैरवी साकोसको स्थलगत सुपरिवेक्षण

६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
सर्लाहि स्थित त्रीवेणी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पाठकबाट थप