नेफ्स्कूनद्वारा नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले पर्यटन सहकारीहरुको अभिभावक निकाय नेपाल नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.को नवनिर्वाचित सञ्चालक समितिलाई हार्दिक बधाई सँगै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । नेफ्स्कूलने आज केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा संक्षिप्त कार्यक्रम आयोजना गरी नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.को नवनिर्वाचित सञ्चालक समितिलाई बधाई शुभकामनाका साथै द्धिपक्षीय सहयोग, सहकार्यका सम्भावनाहरुका बारेमा प्रारम्भिक छलफल पनि चलाएको छ । 

२०७८ साल भदौं २६ गते शनिबार ललितपुरमा सम्पन्न नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.को साधारण सभाले चिरपरिचित एवम् लोकप्रिय सहकारी अभियन्ता रामशरण शर्मा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति तथा तेज बहादुर बोहराको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत् निर्वाचित गरेको थियो । भुकम्प र कोरानाका कारण निस्कृयप्रायः नेपाल पयर्टन केन्द्रीय सहकारी संघलाई सक्रिय बनाउन घिमिरे नेतृत्वको सञ्चालक समिति सर्वसम्मत् निर्वाचित भएको हो । नवनिर्वाचित सञ्चालक समितिलाई औपचारिक बधाई तथा शुभकामना कार्यक्रम राख्ने नेफ्स्कून पहिलो केन्द्रीय संघ हो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले दुई विषयगत केन्द्रीय संघबीच परिचय, सामीप्यता र सम्बन्धका आयामहरुका बारेमा प्रारम्भिक बहसका लागि संघले अग्रसरता लिएको बताउनुभयो । उहाँले नेफ्स्कून र पर्यटन केन्द्रीय सहकारी संघबीच भविष्यमा रणनीतिक सहकार्यको सम्भावना खोज्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै पहिलो औपचारिक भेटलाई बिगिनिङको संज्ञा दिनुभयो ।यस्तै, संघलाई अघि बढ्न हरप्रकारको सहयोगका नेफ्स्कून सधै तयार रहेको पनि अध्यक्ष पौड्यालले बताउनुभयो । व्यावसायिकताले मात्र संघलाई दिगो बनाउने भन्दै अध्यक्ष पौड्यालले त्यसतर्फ रणनीतिक योजनासहित मुल्य श्रृङ्खला सृजना गर्ने हिसाबले अघि बढ्न सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी क्षेत्र भनेको प्रोफिट मोटिभेसन, सर्भिस ओरियेन्टेशन हो यस कुरालाई हामीले मनन गर्दै अघि बढ्नुपर्छ ।’

कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरेले मुलुककै जेठो विषयगत केन्द्रीय संघले बधाई तथा शुभकामना कार्यक्रम राखेकोमा प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा पारस्परिकताका माध्यमबाट अघि बढ्ने विश्वास दिलाउनुभयो ।

दुई संघहरुबीच सम्बन्ध गाँस्ने तथा एक अर्काका बारेमा जानकारी आदानप्रदानको अवसर समेत आज प्राप्त भएको उहाँले बताउनुभयो । अध्यक्ष घिमिरेले आफ्नो सञ्चालक समितिका साथीहरुलाई सहकारी प्रारुप बारेमा जान्ने बुझ्ने अवसर मिलेको भन्दै यसका लागि नेफ्स्कूनलाई धन्यवाद दिनुभयो । उहाँले १५ जिल्लामा पर्यटन सहकारीहरु भएको जानकारी दिदैं २०७१ सालमा केन्द्रीय संघ दर्ता गर्दा २५ वटा संस्थाहरु आबद्ध भएको उल्लेख गर्नुभयो । हाल कायम १५ जिल्लाहरुमध्ये साधारण सभामा १० वटा जिल्लाको प्रतिनिधित्व भएको भन्दै सञ्चालक समितिमा ९ जिल्ला सामेल भएको बताउनुभयो । संघले शंखमुलमा सम्पर्क कार्यालय स्थापना गरी काम अघि बढाउने तयारी गरेको छ । 

धेरै खोज अनुसन्धान गरेर नयाँ सञ्चालक समितिमा सकेसम्म बढी जिल्लाको प्रतिनिधित्व गराइएको जानकारी उहाँले गराउनुभयो । अध्यक्ष घिमिरेले पर्यटन क्षेत्रमा अनुभवसिद्ध व्यक्तित्वहरु सञ्चालक समितिमा समेटिनुभएकोले केन्द्रीय संघको टीम राम्रो बनेको र यसमार्फत थुप्रै सम्भावनाहरुलाई सफलीभूत बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

पर्यटनसम्बन्धी केही सहकारीहरुले राम्रो काम गरेपनि बाहिर नआएको र अभिभावक संघले सक्रियताका साथ काम नगर्दा बहस पैरवीको काम हुन नसकेको भन्दै बागमती प्रदेश सहकारी संघका अध्यक्ष समेत रहनुभएका नवनिर्वाचित अध्यक्ष घिमिरेले अब सबै सहकारीहरुका बारेमा जानकारीहरु अद्यावधिक गर्ने, केन्द्रीय विषयगत संघहरुसँग नियमित अन्तरक्रिया, सहकार्य र समन्वय गर्ने तथा सरोकारवालाहरुसँग बहसपैरवी गर्ने कामलाई रणनीतिक महत्वका साथ अघि बढाउने बताउनुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले सहकारीलाई उत्पादनसँग जोड्ने विषयमा आफुहरु सकारात्मक भएपनि त्यसका लागि संघीय ऐनका कतिपय प्राबधानहरु बाधक भएकोले संशोधन आवश्यक भएको राय व्यक्त गर्नुभयो । सहकारीमार्फत कृषि, पर्यटन, जलश्रोतका क्षेत्रका काम गर्न सकिने भएपनि त्यसका लागि बैधानिक मार्ग प्रशस्त गरिनुपर्ने माग उहाँको थियो । नवनिर्वाचित अध्यक्ष घिमिरे ललितपुरको गोटीखेलीस्थित प्राकृतिक पर्यटन सहकारी संस्थाका अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेफ्स्कूनमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले पर्यटन र बचत तथा ऋणको विषयगत केन्द्रीय सहकारी संघबीच सहकार्यको सम्भावना खोज्न सकिने उल्लेख गर्नुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको र सहकारीले पनि यस क्षेत्रमा धेरै काम गर्न सक्ने भन्दै त्यसका लागि केन्द्रीय संघको भूमिका महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कोषाध्यक्ष पनेरुले नयाँ सञ्चालक समितिको कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित सञ्चालक समितिका उपाध्यक्ष शिव प्रसाद कट्टेल, महासचिव देवराज पराजुली, कोषाध्यक्ष रण बहादुर खड्का, सचिव प्रेमभक्त महर्जन, लेखा सुपरिवेक्षण समिति संयोजक तेज बहादुर बोहरा, सञ्चालक सदस्यहरु हरिशरण गिरी, सुकु माया लामा, रामकृष्ण भण्डारी र तेज बहादुर खड्काको उपस्थिति थियो । यसैगरी, नेफ्स्कूनकातर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमिल्सिना, प्राचार्य गणेशप्रसाद तिमल्सिना, सञ्चार अधिकृत द्वय राधा पौडेल र रञ्जनमणि पौड्याल सहभागी हुनुहुन्थ्यो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप