नेफ्स्कूनद्वारा सुदूर प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सुदूर प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई बधाई तथा शुभकामना

‘नेफ्स्कून सञ्चालक हुँदा सहकारीबारे धेरै सिकेँ’

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङको सम्मानमा आज नेफ्स्कूनमा बधाई तथा स्वागत कार्यक्रम आयोजना गरिएको छ । नवनियुक्त प्रदेश मन्त्री तामाङ राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेफ्स्कून पूर्व सञ्चालक समेत हुनुहुन्छ । साँझ नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आयोजित संक्षिप्त बधाई तथा शुभकामना कार्यक्रम नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता एवम् संघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक डी.बी. बस्नेत, नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार ऋषिराज घिमिरे, संघका सञ्चालकद्वय रिना आचार्य र न्हुच्छे नारायण श्रेष्ठ लगायतको उपस्थितिमा भएको थियो ।

मन्त्री तामाङ यही असोज १ गते बिहिबार प्रदेश मन्त्री नियुक्त हुनुभएको थियो । कार्यक्रममा शुभकामना ग्रहण गर्दै सहकारीप्रेमी मन्त्री तामाङले आफुले सहकारीका बारेमा धेरै कुरा नेफ्स्कून सञ्चालक हुँदा सिकेको भन्दै संघको शिल्पी सञ्चालक समिति र कुशल व्यवस्थापनको सधै उच्च प्रशंसा र मुल्याङ्कन गरेको बताउनुभयो । आफ्नो कार्यकालमा बिशेषत सहकारी र अन्य क्षेत्रमा पनि भविष्यमा पनि सम्झनलायक काम गर्ने उत्कट इच्छा मन्त्री तामाङले व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कून आज आफैमा एउटा ब्रान्ड बनेको भन्दै संघसँग सहकार्यका विषयमा केही दिनभित्रै खाका बनाउन आफ्नो क्षेत्रमा संघका प्रतिनिधिहरुलाई आमन्त्रण पनि गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले संघले सुदूर पश्चिम प्रदेश र प्रदेश नं २ का सहकारीहरुको जागरण, विकास र प्रवर्धनका लागि आधारशिला कार्यक्रम तयार गरेको उल्लेख गर्दै राज्यको सहयोग भएमा स्थानीय सहकारी अभियानलाई माथि उठाउन सकिने भएकाले सहयोग र समन्वयको विश्वास व्यक्त गर्नुभयो । नेफ्स्कूनका निवर्तमान अध्यक्ष बस्नेतले प्रदेश मन्त्री तामाङलाई संकल्पका साथ अघि बढ्न आग्रह गर्दै सादा जीवन, उच्च विचार र सकारात्मक सोचका धनी उहाँबाट अभियानको अपेक्षा रहेको बताउनुभयो । उहाँले मन्त्री तामाङलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी, नेफ्स्कूनका पूर्व अध्यक्ष घिमिरेले पनि मन्त्री तामाङको प्रयासमा सुदूर पश्चिमको सहकारी अभियान माथि उठ्ने र त्यसका लागि स्थानीय र प्रदेशदेखि संघीय सरोकारवाला निकायहरुसँगको समन्वयमा अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो । उहाँले पनि मन्त्री तामाङको व्यक्तिगत र सहकारी क्षेत्रमा हालसम्मको योगदानको चर्चा गर्दै उहाँबाट अभियानले अपेक्षा गरेको धारणा राख्नुभयो । नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, बरिष्ठ अधिकृत नवीनराज दाहाल लगायतको उपस्थिति थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप