सृजना साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्नः सदस्य सहायता कार्यक्रम सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सृजना साकोसको २०औं  वार्षिक साधारणसभा सम्पन्नः सदस्य सहायता कार्यक्रम सार्वजनिक

सुदुरपश्चिम । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित सृजना बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा एवम् स्थापना दिवस २०७८ असोज २३ गते शनिवार सम्पन्न भएको छ । 

साधारणसभाको उद्घाटन प्रमुख अतिथि, सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले गर्नुभएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री मान बहादुर सुनार दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार, उप प्रमुख चिनी गिरी ओझा, नेफ्स्कूनका सञ्चालक एवम् सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशी लगायतको आतिथ्यता रहेको थियो । 

सभामा मन्त्री द्वयले सहकारी र कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि पृथक असल योजना सहित सहकारीलाई सहयोग गर्ने र सुदुर पश्चिम प्रदेशको विकास प्रति आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो । 

संस्थाको यसै साधारणसभाबाट ११ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन भएको छ । 

साधारणसभाबाट पुनः दमन बहादुर सिहको अध्यक्षतामा सर्वसम्मत निर्वाचित सञ्चालक समितिका उपाध्यक्षमा करन बहादुर सिह, सचिव मथुरा भट्ट पन्त, कोषाध्यक्ष शम्भुराज भट्ट, सदस्यहरुमा विष्णु दत्त भट्ट, खीमा चन्द, गंगा दत्त अवस्थी, गणेश सिह भण्डारी, कृष्ण प्रसाद जोशी, पवन वस्नेत र कमला आग्री रहनुभएको छ । 

त्यसैगरी लोक बहादुर चन्द को संयोजकत्वमा गिता सेठी र कर्ण सेठी लेखा सुपरिवेक्षण समिति सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ । 

संस्थाको सोही सभाबाट हिमालय जडिबुटी सहकारी संस्था लिमिटेड सृजना साकोससँग एकीकरणको घोषणा समेत भएको छ । 

साधारणसभाले संस्थाको २३ करोडको वजेट, कार्यक्रम र योजना स्वीकृत गरेको छ भने ४६ लाख नाफा गरेको छ । संस्थाले बोनस र संरक्षित पूँजी फिर्ता कोषवाट सेयर सदस्यहरुलाई १२ प्रतिशत बोनस बाड्ने जनाएको छ । त्यसैगरी संस्थाले सदस्यहरुका लागि ४ लिटर को बाल्टी, निशुल्क पशुधन (वाख्रा सहित) सुरक्षण शुल्क अनुदान, पशु उपचार सुविधा, सदस्य सुरक्षण सुविधा, सदस्य राहत सहयोग, सूचना प्रविधि लगायत कयौं  सदस्य सहायता का कार्यक्रम स्वीकृत गरेको जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप