सामुदायिक साकोसको आयोजनामा दशैं खसी बजार मेला शुभारम्भ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुदायिक साकोसको आयोजनामा दशैं खसी बजार मेला शुभारम्भ 

काभ्रे । विजयादशमीको अवसर पारेर काभ्रेको पनौति अवस्थित सामुदायकि बचत तथा ऋण सहकारी संस्थाले किसान २ परियोजना सँगको सहकार्यमा दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको छ । सदस्यहरुले गाउँगाउँमा उत्पादन गरेका खसी बोका साथै कृषि सामग्रीहरुको बजारीकरण सहजताका लागि र आम उपभोक्ताहरुको आवश्यकतालाई मध्येनजर गर्दै असोज २२ गते शुक्रबारदेखि दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनुभयो । खसी बजार मेला बनेपा इलाका प्रहरी चौकी अगाडि सुजुकी गाडी शोरुम संगै सञ्चालनमा रहेको छ । 

खसी बजार मेला शुभारम्भ कार्यक्रम बनेपा सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति बिष्टको सभापतित्व र बनेपा नगरपालिका बडा नंं १० का वडा अध्यक्ष चन्द्रवहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रममा बनेपा नगरपालिका बडा नं. ८ का वडा अध्यक्ष दान बहादुर मानन्धर, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, किसान २ परियोजनाका तर्फवाट  प्रमोद गौतमको आतिथ्यता रहेको थियो भने संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक हरी प्रसाद तिमल्सिना, सचिव मुकुन्द शर्मा, शिक्षा उप समिति संयोजक मुकुन्द अर्याल, बनेपा सेवाकेन्द्र सञ्चालन तथा तथा ब्यवस्थापन उपसमिति सदस्य द्धारिका न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर खड्काले सामुदायिक साकोस, बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभई सदस्यहरुको सम्पूर्ण आवश्यकताहरुको सम्बोधन एकैठाउँबाट गर्ने अभिप्राय स्वरुप कृषि उत्पादन बजारीकरणका लागि सहयोग गर्नु प्रशंसनीय रहेको बताउनुभयो । सदस्यहरुलाई वित्तिय सेवा सहित समुदाय लक्षित सामाजिक कार्यका मध्यमवाट समुदायमा उदाहरणीय योगदान गरिहेको उल्लेख गर्नुहुँदै अतिथि खड्काले कुनै विभेद विना सदस्य र समुदायलाई नै लक्षित गरि सञ्चालन गरेको दशैं खसी मेलाको पूर्ण लाभ उठाउनुहुन कृषक ब्यपारी तथा उपभोक्ता सम्पूर्णमा आग्रह गर्नुभयो । 

कार्यक्रमका विशिष्ठ अतिथि वडा नं ८ का वडा अध्यक्ष दानबहादुर मानन्धरले संस्थाले गरेको कार्यक्रमको प्रशंसा गर्नुहुँदै यस्ता कार्यक्रम निरन्तरताको अपेक्षा सहित कार्यक्रम सफलताको शुभकाना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक हरी प्रसाद तिमल्सिनाले उत्कृष्ठ र सवल तथा सुरक्षित संस्था समुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीको ऐन नियममा रहि सदस्य र समुदायको आर्थिक सामाजिक स्तरोन्नतीका लागि  कार्य गर्दै आएको चर्चा गर्नुहुँदै किसान २ परियोजना संगको सहकार्यमा गरिएको कृषि तथा बाख्रापालन कार्यक्रम अन्तर्गतको बजारिकरणको कार्य साथै कृषक, ब्यापारी तथा उपभोक्ता सवैको हितका लागि संञ्चालित यस कार्यक्रमले अझै संस्थाप्रति सदस्य तथा समुदायको सकारात्मक भावना बृद्धि हुने विश्वास ब्यक्त गर्नुभएको थियो ।

किसान २ परियोजनाका तर्फवाट कृषि बजार ब्यस्थापक प्रमोद गौतमले किसान २ परियोजनाको परिचय र उद्देश्य माथि प्रकाश पार्दै साुदायिक बचत तथा ऋण सहकारी संस्थाले गरेको यस कार्यले कृषकहरुलाई हौसाला प्रदान गर्ने तथा कृषकको उत्पादन लाई बजारमा सिधै उपभोक्ता सम्म पुर्याउने कार्य प्रशंसनिय रहेको विचार ब्यक्त गर्दे कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

सामुदायिक साकोसले किसान २ परियोजना संगको सहकार्यमा उत्पादित कृषि तथा बाख्रा पालन कार्यक्रमहरु संञ्चालन गर्दे आएको र सोहि अन्तर्गत सदस्य तथा समुदायका किसानहरुले पालन गरेका खसी बोकाहरुलाई बजारमा सिधै उपभोक्तासम्म पुर्याई उत्पादक र उपभोक्ता दुवैको हितमा मेला सञ्चालन गरिएको संस्थाका सचिव मुकुन्द शर्माले बताउनुभयो ।  

कार्यक्रमको उद्देश्य र महत्वको विषयका प्रष्ट्याउँदै कार्यक्रम बडा दशैं लक्षित गरि कृषक ब्यापारी र उपभोक्ता सवैलाई एकै ठाउँमा जमघट गरि सहज र सुपथ मुल्यमा खसी बोका खरिद तथा बिक्रि गर्ने स्थानको रुपमा यस मेला आयोजना गरिएकोले सम्वन्धित सवैले यस मेलाको फाइदा लिनुहुन आग्रहका साथ प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाँको चिनो प्रदान गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन बचत तथा सदस्य सेवा अधिकृत योगवहादुर सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको ब्यवस्थापन संस्थाका विभागिय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायत कर्मचारीहरुले गर्नु भएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप