सामूहिक साकोसको २३औं वार्षिक तथा एकीकृत साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको २३औं वार्षिक तथा एकीकृत साधारण सभा सम्पन्न

पुनः धनेशराज राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले साविक बुद्ध साकोस र साविक समता साकोससँगको एकीकरण पश्चात शनिवार संस्थाको २३औँ वार्षिक साथै एकीकृृत साधारणसभा सम्पन्न गरेको छ । 

साधारणसभाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुरको शुभकामना पार्टी प्यालेशमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लि. भक्तपुरका सञ्चालक सहना पसखल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक कृष्णेश्वरी प्रजापति र संस्थापक अध्यक्ष श्याम प्रसाद मुनंकर्मीको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौड्यालले विशेष गरी एक्सेस तथा प्रोवेशन कार्यक्रममा सहभागी संस्थाहरुको स्वस्थ वित्तीय व्यवस्थापनबाट दीगो संस्थागत विकास र गुणस्तरयुक्त सदस्य सेवामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुशासित र गुणस्तरयुक्त संस्थागत विकासबाट सदस्य  अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तनहरु आउने र विश्व सहकारी अभियानलाई हेर्नेहो भने पनि सहकारी मार्फत सदस्य आर्थिक अवस्थामा निकै सुधार आएको उदाहरण प्रस्तुत गर्नुभयो । 

अतिथि कृष्णेश्वरी प्रजापतिले हरेक नागरिकले समुदायमा आधारित संस्थामा मात्र सदस्य बन्नुपर्ने र सहकारीको रकम सहकारीमै राख्न सहकारी संस्थाहरुले सहकारी संघहरुमा बचत गर्नुपर्ने भनाई व्यक्त गर्नुभयो । त्यसैगरी अतिथि सहना पसखलले सहकारी संस्था र अन्य वित्तीय संस्था विचको भिन्नतालाई प्रष्ट पार्दै समुदायमा आधारित र समुदायकै व्यक्तिवाट नीति नियममा रही सञ्चालित सहकारीमा सदस्य बन्नुपर्ने भनाई व्यक्त गर्नुभयो । 

साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य र उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट बचत कर्ता सदस्य विश्वराम देशेमरु, असल ऋणी सदस्य मधुसुदनलाल होरा र आ.व. २०७७।०७८ का उत्कृष्ट कर्मचारी सुमनदास कारन्जितलाई प्रमुख अतिथि पौड्यालले सम्मान पत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो  । 

सभाले आ.व.०७८/७९ का लागि ८५ करोड ४१ लाख ४३ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । 

संस्थाको एकीकृत साधारणसभाले आगामी दुई बर्षे कार्यकालका लागि पुनः धनेशराज राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।  निर्वाचन उपसमितिका संयोजक तथा संस्थाका कानूनी सल्लाहकार शशीचन्द्र मिश्रले एकीकरण पछिको एकीकृत साधारणसभाबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका सदस्यहरुको अन्तिम नामावली  घोषणा गर्नुभएको थियो । 

सभाबाट समितिको उपाध्यक्षमा राजाभाई भेले, सचिवमा कृष्णहरि सैँजु,  कोषाध्यक्ष अशोकरत्न शाक्य सहित १३ जनाको सञ्चालक समिति र नित्यनाथ श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरीवेक्षण निर्वाचित गरेको हो । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप