‘काठमाडौंका कुना काप्चामा कास्कून पुग्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘काठमाडौंका कुना काप्चामा कास्कून पुग्नुपर्छ’

सन्दर्भः कास्कूनको १९ औं स्थापना दिवस

कीर्तिपुर । कास्कून काठमाडौंका कुना काप्चामा पुगेर सबै बचत ऋण सहकारीहरुलाई सुशासित र अनुशासित बनाउने जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा जनप्रतिनिधि एवम् सहकारी अभियन्ताहरुको ऐक्यबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को १९ औं स्थापना दिवसका अवसरमा कीर्तिपुरमा आज आयोजित कार्यक्रमका बक्ताहरुले काठमाडौंका सहकारीलाई सुशासित, मर्यादित र विश्वसनीय बनाउने अभियानमा जिल्लास्तरीय संघ कास्कूनको भूमिका प्रभावकारी हुने बताउँदै जिल्लाका सबै भेगमा यसको सेवा पुग्नुपर्ने धारणा राख्नुभएको हो । सोही अभियानमा जुटेको कास्कूनले आजबाट दक्षिणकाली र कीर्तिपुर क्षेत्रका साकोसहरुलाई सेवा प्रवाह गर्ने गरी तेस्रो सेवा केन्द्रका रुपमा पाँगामा कार्यालय सञ्चालनमा ल्याएको भन्दै बक्ताहरुले प्रसन्नता समेत व्यक्त गर्नुभयो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा कीर्तिपुरको पाँगामा आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले वित्तीय कारोबार गर्ने सहकारीहरुलाई सुशासित र मर्यादित बनाउन कास्कूनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘त्यसै कारण स्थानीय सहकारीहरुलाई अनुशासित बनाउने, तालिम शिक्षासँज जोड्ने तथा उद्यमशिलता सृजना गर्ने कामममा जिल्लाको अभिभावक कास्कूनसँग सहकार्य गर्न नगरपालिका तयार छ, ’नगर प्रमुख महर्जनले भन्नुभयो, ‘नगरभित्रका सबै साकोसहरुलाई कास्कूनमा आबद्ध गराई नीति नियमभित्र चल्ने बनाउनुपर्छ । अन्यथा सुशासनका समस्याहरु देखापर्दछन् ।’ उहाँले सहकारीहरुलाई उत्पादनसँग जोड्ने विषय पनि सबै तहका सरकारको प्राथमिकतामा रहेको भन्दै कास्कूनमा आबद्ध संस्थाहरुले पनि आफ्ना सदस्यलाई उद्यमी बनाउने कार्यक्रममा लगानी गर्न सुझाव दिनुभयो ।

नगरपालिकाका सहकारी व्यवस्थापन शाखा प्रमुख बरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले कीर्तिपुरलाई सहकारी अभियानको पनि सफल नगरपालिका बनाउनेतर्फ कास्कूनको उपस्थितिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकामा हाल कायम ६२ वटै साकोसहरुलाई कास्कूनमा आबद्ध गराउने सफलता पनि संघलाई मिलोस् भनी शुभकामना समेत व्यक्त गर्दै स्थानीय सहकारीहरुलाई सक्षम, सुशासित र दिगो बनाउने कास्कूनको अभियानमा जस्तोसुकै सहयोग गर्न आफु तयार रहेकोमा विश्वस्त तुल्याउनुभयो ।

कास्कूनका अध्यक्ष दिपक पनेरुले संघ काठमाडौंका कुना काप्चामा पुग्ने मात्र होइन जिल्लाका सबै साकोसहरुलाई सुशासित र मर्यादित बनाउने अठोटका साथ अघि बढेको जानकारी गराउनुभयो । अग्रजहरुको परिकल्पना साकार बनाउँदै अघि बढेको कास्कूनले पछिल्लो समयमा राम्रो प्रगति गरेको दाबी गर्दै उहाँले सदस्यको विश्वासको बलमा अब छिट्टै काठमाडौंको कोटेश्वरमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याउने जानकारी गराउनुभयो । ‘साइनबोर्ड भित्र शक्ति हुन्छ, ’नेफ्स्कूनका कोषाध्यक्ष समेत रहनुभएका अध्यक्ष पनेरुले भन्नभुयो, ‘कास्कूनको साइनबोर्ड सदस्यहरुको बिश्वासको प्रतिक हो ।’ उहाँले काठमाडौं भित्रका सबै साकोसहरुलाई कास्कूनमा समेट्ने र सञ्जालमा आबद्ध गराउने मात्र होइन सुशासित र गुणस्तरीय बनाउने अभियानमा समेत कास्कून रहेको जानकारी गराउनुभयो ।

कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाईले कीर्तिपुरमा सेवा केन्द्र स्थापनाको खुसी साट्दै संघको सेवा व्यवसायलाई थप सशक्त र सुदृढ बनाउँदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कास्कूनका उपाध्यक्ष नवराज अर्यालले स्वागत गर्दै कास्कूनको वित्तीय र संस्थागत संरचनाबारे जानकारी गराउनुभएको थियो । उहाँले विगतमा निस्कृय रहेको संघ २०७० सालबाट सक्रिय भएको इतिहास स्मरण गर्दै कीर्तिपुरमा सेवा केन्द्र सञ्चालन गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो । उपाध्यक्ष अर्यालले कास्कूनको बिस्तारमा सहयोगी मन र हातहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रम सञ्चालन संघका सचिव शालिकराम पुडासैनीले गर्नुभएको थियो ।

१८ वर्षअघि १२ वटा प्रारम्भिक संस्था सहभागी भई दर्ता भएको कास्कूनको कारोबार हाल १ अर्ब ३१ करोड रहेको छ भने ऋण लगानी ७२ करोड र सदस्य संख्या करिब ८ सय रहेको छ । चाबहिल मुख्य कार्यालय सहित गोंगबु, कलंकी र आजदेखि कीर्तिपुर सेवा केन्द्रमा गरी संघमा हाल १७ कर्मचारी कार्यरत छन् । संघले निकट भविष्यमै कोटेश्वरमा पनि सेवा केन्द्र सञ्चालन गर्दैछ ।

कास्कून सम्मान तथा पुरस्कार प्रदान

यसैबीच, कास्कूनले सम्मान तथा पुरस्कार कार्यक्रम समेत गरेको छ । अघिल्लो वर्ष कोभिडका कारण सम्मान पुरस्कार कार्यक्रम गर्न नसकिएको भन्दै कास्कूनले २०७७ र २०७८ को सम्मान तथा पुरस्कार घोषणा तथा वितरण आज प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष एवम् कास्कून पदाधिकारीहरुको उपस्थितिमा गरेको छ । 

मुख्य कार्यक्रम अघि आजै बिहान नगर प्रमुख महर्जनले कास्कूनको कीर्तिपुर सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । आजै सेवा केन्द्र परिसरमा कास्कूनले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप