नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभामा विभिन्न व्यक्ति तथा संघ संस्था सम्मानित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३० औं वार्षिक साधारणसभामा विभिन्न व्यक्ति तथा संघ संस्था सम्मानित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभामा विभिन्न व्यक्तित्व तथा संघ संस्थालाई सम्मानित एवम् पुरस्कृत गरिएको छ ।
आज काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सभामा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुलाई विभिन्न विधा अन्तर्गत सम्मान एवम् पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कार तथा सम्मान समारोहमा संघका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल लगायत सहभागी अतिथिहरुले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनले नेपालको सहकारी तथा साकोस अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व तथा संघ संस्थाहरुको घोषणा स्थापना दिवसमा गर्ने र वार्षिक साधारण सभामा सम्मानित एवम् पुरस्कृत गर्ने परम्परा स्थापित गर्दै आएको छ । सोही अनुरुप गत साउन ३२ मा घोषित सम्मान तथा पुरस्कार आज ३० औं वार्षिक साधारण सभाका क्रममा प्रदान गरिएको हो ।

सम्मानित/पुरस्कृत हुने संघ संस्था एवम् व्यक्तिहरुः

संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ निजगढ महिला साकोसकी पूर्व अध्यक्ष एवम् निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनाल र नेफ्स्कूनका पूर्व सञ्चालक एवम् दोलखा जिल्ला बचत संघका पूर्व अध्यक्ष रामदास श्रेष्ठलाई पुरस्कृत हुनुभएको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित बागेश्वरी महिला साकोस, मकवानपुर र रुपन्देहीस्थित जनउत्थान साकोसलाई पुरस्कृत भएका छन् । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश नं. १ बाट प्रगती साकोस–बर्जु ५, सुनसरी, प्रदेश नंं २ बाट स्वस्तिक साकोस–सर्लाही, बागमती प्रदेशबाट शिक्षक कल्याण साकोस–दोलखा,  गण्डकी प्रदेशबाट जनसेवा साकोस, पुरुन्चौर–पोखरा, प्रदेश नं. ५ बाट सयपत्री साकोस–नवलपरासी, कर्णाली प्रदेशबाट स्वावलम्बी साकोस –सुर्खेत, सुदुरपश्चिम प्रदेशबाट जनकल्याण साकोस –कैलाली पुरस्कृत भएका छन् ।

नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापकमा हाम्रो जनकल्याण साकोस दोलखाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत हुनुहुन्छ । त्यसैगरी प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार पाउनेहरुमा क्रमशः प्रदेश नंं १ बाट श्री जनकल्याण साकोस –सुनसरीका मनोज कुमार सुतियार, प्रदेश नंं २ बाट नवविकास साकोस –चन्द्रपुर रौतहटका यज्ञ प्रसाद प्रसाई, बागमती प्रदेशबाट जनकल्याण साकोस –धादिङका कृष्णकान्त मिश्र, गण्डकी प्रदेशबाट गैडाकोट स्वाभिमान साकोस–नवलपरासीका रामचन्द्र सुवेदी, लुम्बिनी प्रदेशबाट ग्रामीण साकोस बर्दघाट नवलपरासीका अनन्त पाण्डे, कर्णाली प्रदेशबाट पिपलबोट साकोस सुर्खेतका रमेश जैशी, सुदुरपश्चिम प्रदेशबाट जिवनज्योति साकोस बैतडीका टेकराज लेखक हुनुहुन्छ ।  

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ संघको निवर्तमान सञ्चालक चन्द्र कुमारी खड्का–झापा र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक नारायण घिमिरे –काठमुाडौं पुरस्कृत हुनुभएको छ ।    

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा कञ्चनपुर जिल्ला बचत संघ पुरस्कृत भएको छ भने नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारमा नाकुफोक दक्षिण कोरिया पुरस्कृत भएको छ । 

नेफ्स्कून विद्धता पुरस्कारमा नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाई, पि.एच.डी.,  नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ गोरखापत्र दैनिकका सम्वाददाता लक्ष्मण दर्नाल पुरस्कृत हुनुभएको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ लेखा अधिकृत मनकेशरी महर्जन र सहायक कर्मचारी चिरन खत्री पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी जनकपुर, बनेपा र सुनसरी फिल्ड कार्यालयले आ.व. ०७७/७८ को उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा दोलखाको जिरीस्थित एकीकृत फ्रेण्डसिप साकोस र उत्कृष्ट बचतकर्तामा नवलपुरस्थित विकु साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा पोखरास्थित प्राइम साकोस र उत्कृष्ट लघुवित्तमा पाल्पास्थित अन्धकारमुक्ति साकोस पुरस्कृत भएका छन् । 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार तर्फ विन्धबासिनी साकोस काभ्रे पुरस्कृत भएको छ । त्यसैगरी महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा काठमाडौं थानकोटस्थित चन्द्रागिरी साकोस पुरस्कृत भएको छ भने साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा सबैको साकोस रुपन्देही पुरस्कृत भएको छ । 

पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई नेफ्स्कून हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप