चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको २० औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को २० औं वार्षिक साधारण सभा पौष २४ गते शनिबार सम्पन्न भएको छ । भौगोलिक क्षेत्र र सदस्यता नम्बरको आधारमा विभिन्न इकाईहरुमा उपस्थिति सभा र उपस्थिति सभाबाट निर्णयका लागि चनिएका सदस्यहरुको उपस्थितिमा निर्णय प्रमाणिकरण सभा गरी २० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १४२२६ जना मध्ये १०६६३ जना सदस्यहरुले उपस्थिति सभामा आफ्नो उपस्थिति दर्ता गरी वार्षिक प्रतिवेदन र संस्थाका सेवाहरुका बारेमा विभिन्न राय सल्लाहरु राख्नुभएको थियो ।

सदस्यहरुबाट प्राप्त राय सल्लाह तथा निर्णय प्रमाणीकरणका लागि छनौट हुनुभएका सदस्यहरु सहित पौष २४ गते ग्रीनल्याण्ड बैंङ्गक्वेट थानकोटमा आयोजित निर्णय प्रमाणीकरण सभाको समुद्घाटन प्रमुख अतिथि रहनु भएका बाग्मती प्रदेश, कृषि तथा पशुपंक्षी मन्त्री माननीय बसुन्धरा हुमागाईले गर्नुभएको थियो ।

प्रमुख अतिथि हुमागाईले सहकारी संस्था दिगो हुनको लागि त्यसमा कार्यरत कर्मचारी, त्यसका सञ्चालक र सदस्यहरु सक्रिय हुनु पर्ने कुरामा जोड दिँदै उत्पादनमुलक क्षेत्रमा सहकारीका सेवाहरु केन्द्रित हुनुपर्ने धारण राख्नुभयो । त्यसै गरी किसानहरुले सधैं भोग्दै आउनु परेको रासायनिक मलको समस्या समाधानको लागि आफ्नो मन्त्रालयले गुरुयोजना बनाएर अगाडी बढिरहेको कुरा बताउनु भयो । विशिष्ट अतिथिको रुपमा रहनुभएका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारी र स्थानीय तहको सम्बन्ध र आफ्नो कार्यकालमा चन्द्रागिरि नगरपालिकामा भएका विकास निर्माण र प्रगतिहरुको चर्चा गर्नुभयो । 

आज सम्पन्न २० औं वार्षिक साधारण सभाले अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गर्नुभएको आ।व। २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तु गर्नुभएको आ।व। २०७८÷०७९ नीति तथा कार्यक्रम र बजेट र ए श्रेष्ठ तथा एशोसिएट्सको चार्टर्ड एकाउन्टेन्ट श्री आनन्द श्रेष्ठको तर्फबाट पेश भएको लेखापरीक्षण प्रतिवेदनका साथ विभिन्न १३ वटा प्रस्तावहरु पारित गर्नुको साथै गत साल उपाध्यक्ष सूर्यनारायण मानन्धरको निधन भएकोले रिक्त रहेको उपाध्यक्ष पदमा संस्थाका सदस्य हरिहर सिग्देललाई निर्वाचित गरी सम्पन्न भएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप