प्रगति साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रगति साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

सुनसरी । सुनसरीको बर्जु ५ स्थित प्रगति साकोसको आयोजनामा प्रोबेसन मेची कोशी प्रथम क्लष्टरको १७ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला मंसिर २४ गते शनिबार सम्पन्न भएको छ । नेफ्स्कून सञ्चालक एवम् इटहरी फिल्ड कार्यालय संयोजक गोमा नेपालको बिशिष्ट आतिथ्यता एवम बर्जु गाउँपालिकाका अध्यक्ष किशोर कुमार चौधरीको आतिथ्यतामा आयोजित कार्यशालाको अध्यक्षता आयोजक संस्थाका अध्यक्ष उमेश कुमार चौधरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव चन्दन कुमार चौधरीले गर्नुभएको थियो । प्रगति साकोसका सञ्चालक सदस्य ताराचन्द्र चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालले एक अर्का साकोसका गतिविधि तथा वित्तीय अवस्थाबारे जानकारी आदान प्रदान गर्ने कार्यशालाले साकोसका सञ्चालकहरुलाई पनि सक्रिय बनाउने बताउनुभयो । उहाँले साकोसहरुलाई सुशासनका परिधिहरुभित्र रहेर सञ्चालनमा सघाउ पुर्याउँदै गुणस्तर सुनिश्चितता प्रमाणीकरण गर्ने प्रोबेसन कार्यक्रमको लोकप्रियता बढ्दै गएको दाबी गर्नुभयो । संस्थाहरुलाई आवश्यक प्राविधिक लगायतका सहयोगहरु उपलब्ध गराउन नेफ्स्कून सदैव तयार रहेको समेत सञ्चालक सदस्य नेपालले सहभागी साकोसहरुलाई आश्वस्त तुल्याउनुभयो ।

प्रगति साकोसका अध्यक्ष उमेश कुमार चौधरीले केन्द्रीय छाता संघ नेफ्स्कूनको मार्गनिर्देशनको परिपालनप्रति प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययन अवलोकन भ्रमणमा समावेश गरिनुपर्ने माग गर्नुभयो । क्लष्टरमा आबद्ध साकोसहरुकातर्फबाट गरी ३५ जना सहभागी कार्यशालामा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले प्रोबेसन र गोएएमएलसम्बन्धी प्रस्तुतिकरण समेत गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप