स्थापना दिवसका अवसरमा तरकारी फलफूल साकोसको सामाजिक कार्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा तरकारी फलफूल साकोसको सामाजिक कार्य 

काठमाडौंको कालिमाटीमा स्थापित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.ले विविध सामाजिक कार्य सहित २३ औ स्थापना दिसव सम्पन्न गरेको छ ।

माघ २१ गते शुक्रबार तरकारी बजार विकास समितिको हलमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य र एकल महिला सदस्यहरुलाई सम्मान स्वरुप भत्ता वितरण साथै साकोसका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान गरिएको साकोसकी व्यवस्थापक बिमला बस्नेतले जानकारी दिनुभयो । 

यससँगै साकोसले स्थापना दिवसको पूर्वसन्ध्यामा माघ १९ गते सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गोदामचौर ललितपुरमा अबस्थित Happy Home Nepal नामक अनाथ बालआश्रममा खाद्यान्न सहयोग उपलब्ध गराएको थियो । आश्रममा एक सय भन्दा बढी बालबालिका आश्रित छन् । 

साकोसले स्थापना दिवसको अवसर पारेर माघ २० गते घुम्ती सेवा मार्फत सदस्यता खुला एवं बगैंचामा फूल तथा बृक्षारोपण र सरसफाई कार्यक्रम गरेको थियो । साकोसले १ महिनासम्म घुम्ती सेवा मार्फत निशुल्क सदस्यता खुला गरिने कार्यक्रम रहेको जनाएको छ । 

कालिमाटी तरकारी तथा फलफूल बजार र बल्खु तरकारी बजारका व्यवसायीहरू सेयर सदस्य रहेको यस साकोसले कार्तिक २८ गते २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले नवौं कार्यकालका लागि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । १ हजार ७ सय ३६ सेयर सदस्य रहेको साकोसको ६० करोड ५० लाख भन्दा बढीको कारोबार रहेको छ ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप