स्थापना दिवसका अवसरमा तरकारी फलफूल साकोसको सामाजिक कार्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा तरकारी फलफूल साकोसको सामाजिक कार्य 

काठमाडौंको कालिमाटीमा स्थापित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि.ले विविध सामाजिक कार्य सहित २३ औ स्थापना दिसव सम्पन्न गरेको छ ।

माघ २१ गते शुक्रबार तरकारी बजार विकास समितिको हलमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य र एकल महिला सदस्यहरुलाई सम्मान स्वरुप भत्ता वितरण साथै साकोसका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान गरिएको साकोसकी व्यवस्थापक बिमला बस्नेतले जानकारी दिनुभयो । 

यससँगै साकोसले स्थापना दिवसको पूर्वसन्ध्यामा माघ १९ गते सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गोदामचौर ललितपुरमा अबस्थित Happy Home Nepal नामक अनाथ बालआश्रममा खाद्यान्न सहयोग उपलब्ध गराएको थियो । आश्रममा एक सय भन्दा बढी बालबालिका आश्रित छन् । 

साकोसले स्थापना दिवसको अवसर पारेर माघ २० गते घुम्ती सेवा मार्फत सदस्यता खुला एवं बगैंचामा फूल तथा बृक्षारोपण र सरसफाई कार्यक्रम गरेको थियो । साकोसले १ महिनासम्म घुम्ती सेवा मार्फत निशुल्क सदस्यता खुला गरिने कार्यक्रम रहेको जनाएको छ । 

कालिमाटी तरकारी तथा फलफूल बजार र बल्खु तरकारी बजारका व्यवसायीहरू सेयर सदस्य रहेको यस साकोसले कार्तिक २८ गते २२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले नवौं कार्यकालका लागि दुर्गालाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । १ हजार ७ सय ३६ सेयर सदस्य रहेको साकोसको ६० करोड ५० लाख भन्दा बढीको कारोबार रहेको छ ।  


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

९ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

१० घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

११ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप