साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

 नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी  संघको फिल्ड कार्यालय रुपन्देहीको आयोजनामा रुपन्देही जिल्लाको छपियामा तीन दिवसीय साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम हिजो सम्पन्न भएको छ । नेफ्स्कूनका संञ्चालक सन्दीप सापकोटाको अध्यक्षतामा उक्त आवासीय तालिम समापन भएको थियो ।

समापन सत्रका सभा अध्यक्ष एवंम नेफ्स्कूनका संञ्चालक सापकोटाले तालिममा समापन भए पनि बास्ततिक सुरुवात कार्य क्षेत्रमा अभ्यास पश्चात मात्र हुने धारणा राख्नुभयो । ऋण अधिकृतको साकोसको पैसा परिचालनमा महत्वपूर्ण भुमिका रहने भएकोले पनि तालिम पश्चात सहभागी संस्थाको ऋणको गुणस्तर र प्रभावकारी लगानी हुने विश्वास व्यक्त गर्नुभयो ।

फागुन १० गते देखी संञ्चालन भएको तालिममा लुम्बीनि प्रदेशका ७ वटा जिल्ला बाट २५ वटा साकोसका २२ जना पुरुष र ७ जना महिला गरी २९ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । ३ दिन सम्म संञ्चालन भएको तालिमको सहजीकरण संघका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना, सिद्धार्थ न.पा. भैरहवाका शाखा अधिकृत (सहकारी दर्ता अधिकारी) कमलकान्त खनाल र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सहजीकरण गर्नु भएको थियो । CULCC तालिम संघले संञ्चालन गर्ने उच्च स्तरको तालिम हो ।

सहभागीहरुले तालिम समय सान्दर्भिक र प्रभावकारी भएको र यस प्रकृतिका तालिमहरुलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । समापन सत्रमा सहभागीहरुको तर्फबाट कोलिय देवदह साकोसका सह व्यवस्थापक बुद्धी सागर अर्याल र जनता समझौता साकोसकी व्यवस्थापक कला डुम्रे भटराइले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन नेफ्स्कूनका फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२७ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप