धादिङ । स्वस्तिक साकोस धादिङको आयोजना तथा नेफ्स्कून एवम् जिल्ला बचत संघ धादिङको प्राविधिक सहयोगमा कर्ब्स धादिङ समूहको १३ औं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी फागुन १२ गते ज्वालामुखी-२ मैदी, धादिङमा सम्पन्न भएको छ । गोष्ठीको अध्यक्षता स्वस्तिक साकोसका अध्यक्ष मदन कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि ज्वालामुखी-२, धादिङका वडाध्यक्ष रन बहादुर शाही रहनुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल एवम् जिल्ला बचत संघका प्रमुख ब्यवस्थापक गोकर्ण दुवाडिले गर्नुभएको थियो । गोष्ठीमा धादिङ कर्ब्स समूहका ७ साकोसको सहभागिता थियो ।
सहकारी विभागले हालै जारी गरेको ८८ बुँदे एकीकृत सहकारी निर्देशिका २०७८ का सम्बन्धमा छलफल भएको गोष्ठीमा बिशेषतः सहभागी साकोसहरुले संस्थागत कार्यप्रगति प्रतिवेदन प्रस्तुत तथा सिकाइ आदानप्रदान गरेका थिए ।
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५३३ दिन अगाडि
८९० दिन अगाडि
८९३ दिन अगाडि
९१२ दिन अगाडि
९२५ दिन अगाडि
९२६ दिन अगाडि
९३२ दिन अगाडि
९४२ दिन अगाडि