धादिङ । स्वस्तिक साकोस धादिङको आयोजना तथा नेफ्स्कून एवम् जिल्ला बचत संघ धादिङको प्राविधिक सहयोगमा कर्ब्स धादिङ समूहको १३ औं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी फागुन १२ गते ज्वालामुखी-२ मैदी, धादिङमा सम्पन्न भएको छ । गोष्ठीको अध्यक्षता स्वस्तिक साकोसका अध्यक्ष मदन कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि ज्वालामुखी-२, धादिङका वडाध्यक्ष रन बहादुर शाही रहनुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकाल एवम् जिल्ला बचत संघका प्रमुख ब्यवस्थापक गोकर्ण दुवाडिले गर्नुभएको थियो । गोष्ठीमा धादिङ कर्ब्स समूहका ७ साकोसको सहभागिता थियो ।
सहकारी विभागले हालै जारी गरेको ८८ बुँदे एकीकृत सहकारी निर्देशिका २०७८ का सम्बन्धमा छलफल भएको गोष्ठीमा बिशेषतः सहभागी साकोसहरुले संस्थागत कार्यप्रगति प्रतिवेदन प्रस्तुत तथा सिकाइ आदानप्रदान गरेका थिए ।
९ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२६ दिन अगाडि
१८ दिन अगाडि
१८ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
३१ दिन अगाडि
२४ दिन अगाडि