स्थिरीकरण कोषको दोस्रो वार्षिक परामर्श बैठक भर्चुअल सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको दोस्रो वार्षिक परामर्श बैठक भर्चुअल सम्पन्न 

काठमाडौं । स्थिरीकरण कोषको दोस्रो वार्षिक परामर्श बैठक आज भर्चुअल रुपमा सम्पन्न भएको छ । बैठकको प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित रहनुभएको थियो भने अध्यक्षता कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका समेत अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा समिति संयोजक नवराज सापकोटासँगै सञ्चालकहरु, कोष सञ्चालन समितिका सदस्य एवम् नेपाल राष्ट्र बैंकका उप निर्देशक रामकाजी खाइजूसँगै अन्य सदस्यहरु, कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, कोषमा योगदान गर्ने साकोसहरुका प्रतिनिधिहरु, नेफ्स्कून उच्च व्यवस्थापन लगायतको सहभागिता थियो ।

बैठकका प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले बचत ऋण सहकारीहरुलाई अवन्नतिको बाटोमा नजान, संस्थालाई सही बाटो देखाउन, बचत ऋण सहकारीहरुको हितको निम्ति स्थिरीकरण कोषको प्रावधान राखिएको उल्लेख गर्दै एउटा साकोस लाई परेको समस्या अरु सबै साकोसहरु मिलेर समाधान गर्ने उपाय कोष भएको बताउनुभयो । यो ‘एकका लागि सबै, सबैको लागि एक’ मा आधारित अवधारणा हो,’ रजिष्ट्रार पण्डितले भन्नुभयो, ‘अन्य वित्तीय संस्थाहरु समस्यामा पर्दा राष्ट बैंकले व्यवस्थापन जिम्मा लिन्छ तर बचत ऋण सहकारीहरु समस्यामा पर्दा एकले अर्कालाई सहयोग गर्ने माध्यम हो स्थिरीकरण कोष ।’
स्थिरीकरण कोष दुःखमा साथ दिने जगेडा कोष भएको उल्लेख गर्दै रजिष्ट्रार पण्डितले यसलाई साकोस अभियानको अभिभावकको संज्ञा दिनुभयो । रजिष्ट्रार पण्डितले भन्नुभयो, ‘कोषमा नेपाल सरकारले योगदान गर्नुपर्छ, त्यसका लागि हामी पहल गर्छौ । कोष सञ्चालनको दिशामा छिटो अघि बढ्नुपर्ने धारणा उहाँको थियो । उहाँले कोषको अवधारणा, कानूनी प्रावधानको चर्चा गर्दै यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन विभागको पूर्ण सहयोग र ऐक्यबद्धता रहने बताउनुभयो । 

कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कून अध्यक्ष पौड्यालले कोषको कानुनी व्यवस्था, औचित्य, कोभिडले निम्त्याएको चुनौतीहरुसँगै पछिल्लो समयको तदारुकताका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘कोषलाई संस्थागत गर्न हामी अघि बढेका छौं । सबैको साथ र सहयोगमा अब यसै वर्षभित्रबाट कोष खडा हुन्छ । ‘यसै वर्ष खडा गर्छौ’ अध्यक्ष पौड्यालले भन्नुभयो, ‘सबै बचत ऋण सहकारीहरुलाई ऐक्यबद्धतासहित योगदान गर्न आग्रह गर्दछु ।’ विभागीय मन्त्रालयले पनि कोष सञ्चालनको विषयलाई पहिलो प्राथमिकतामा राखेको उहाँले जानकारी गराउनुभयो । साकोस अभियानको २ पाङ्ग्राको चर्चा गर्दै अध्यक्ष पौड्यालले स्वनियमनमा आधारित स्तरीकरण र योगदानमा आधारित स्थिरीकरण कोष सबै बचत ऋण सहकारीका लागि अनिवार्य विषय भएको उल्लेख गर्नुभयो । अध्यक्ष पौड्यालले बचत ऋण सहकारीहरुको बचाउ, संरक्षण संस्थागत विकास र व्यवस्थापन गरी ४ महत्वपूर्ण विषयहरु कोषको उद्देश्य भएको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीको व्यवस्थापनको विषय सदस्यहरुको हकमा मात्र लागू हुने प्रष्ट पार्नुभयो । अध्यक्षले भर्चुअल रुपमा प्राप्त जिज्ञासाहरुको समेत सम्बोधन गर्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारी ऐन कार्यान्वयनको सवालसँगै नेफ्स्कूनले कोषलाई अघि बढाएको बताउनुभयो । उहाँले कोषलाई साकोस अभियानको सुरक्षा कवचको रुपमा लिनुपर्छ भन्ने ध्येयका साथ नेफ्स्कूनले यसको गतिविधिलाई अगाडि बढाइरहेको जानकारी गराउनुभयो । ‘हामी कोषलाई सोचे अनुरुप गन्तव्यमा पुर्याउन लागि परेका छौं, ’बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘सबैको सहयोग, योगदान र ऐक्यबद्धताको बलमा हामी यसै वर्षको अन्त्यसम्मबाट कोष पूर्ण सञ्चालनमा ल्याउने तयारी जोडतोडका साथ भैरहेको छ ।’

पछिल्लो समय कोषमा योगदान र सदस्य वृद्धि भैरहेको भन्दै योगदान गर्नेले मात्रै लाभ लिन सक्ने उहाँले उल्लेख गर्नुभयो । योगदान गर्ने संस्थाहरुलाई परेका समस्यामा रेस्क्यू र कोषको रकमलाई कार्यविधि बनाएर न्यून ब्याजदरमा सदस्य संस्था र सदस्यहरुलाई व्यवसाय उन्मुख र समृद्धिका लागि पुँजी उपलब्ध गराउने वातावरण बनाउन सकिने पनि बरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यो सदस्यको समृद्धिसँग जोडिने कोष हो । हामी यो पूर्ण सञ्चालनको धेरै नजिक छौं ।’  त्यसका लागि आजको बैठक निर्णायक बन्न सकोस भन्ने कामना पनि उहाँले गर्नुभयो । उहाँले स्थिरीकरण कोष नेफ्स्कूनको छुट्टै नभई साकोस अभियानको संयुक्त कोष भएको समेत प्रष्ट पार्नुभयो । ‘योगदान गर्ने संस्थाहरुको कोष हो यो, ‘हयाण्डलिड’ मात्र नेफ्स्कूनको हो ।’ 

बैठकमा स्वागत मन्तव्य राख्दै कोष सञ्चालन समितिका सदस्य रामकाजी खाइजूले नेपालमा कोषको अवधारणा भित्राउन अग्रजहरुले गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले बचत ऋणलाई परेको समस्या सामूहिक समाधान गर्ने उपाय कोष भएको बताउनुभयो । एउटा सहकारीमा पर्ने समस्याको असर सञ्जालमा पर्ने भएकाले सामूहिक जगेडा कोषको रुपमा स्थिरीकरण कोष रहने उल्लेख गर्नुभयो । उहाँले नेपालमा सन् २००९ बाटै कोषको अवधारणा आएपनि कानुनी अभाव भने सहकारी ऐन २०७४ ले पूर्ति गरेको चर्चा गर्नुभयो । उहाँले नेफ्स्कूनको अग्रसरतामा कोष स्थापनाको पहल अघि बढेको उल्लेख गर्दै सोही अग्रसतारले ऐनमा सम्बोधन भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

बचत ऋण सहकारी अभियानको लामो अपेक्षाको मार्ग प्रशस्त ऐनले गरेको तर औपचारिक स्थापनाका लागि १० करोड पुर्याउन सबै साकोसहरुले हातमा हात मिलाउनुपर्ने उहाँले बताउनुभयो । सदस्य खाइजूले भन्नुभयो, ‘सबै बचत ऋण सहकारीहरुलाई कोषमा योगदान पुर्याउन कोष सञ्चालन समितिका तर्फबाट अनुरोध गर्छु । कोष अभिायनको सम्पत्ति भएकाले अभियानकै योगदान आवश्यक हुन्छ ।’ उहाँले निकट भविष्यमै बाँकी रकम जम्मा भई कोष पूर्ण सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रम सञ्चालन गर्दै साकोस अभियानको केन्द्रीय जगेडा कोषले सदस्यहरुको बचतको सुरक्षण गर्ने, कुशल व्यवस्थापन कायम राख्न सहयोग गर्ने, नियमित प्राविधिक अनुगमन गर्ने, तरलता सापटी र दायित्व भुक्तानीमा सहयोग गर्ने लगायतका सुविधाहरु बारे जानकारी गराउनुभएको थियो । उहाँले कोषको कार्य प्रगतिका मुख्य बुँदाहरुसमेटिएको प्रस्तुतिकरण गर्नुभएको थियो । कोषमा हालसम्म १८२ साकोसबाट करिब ६ करोड ५० लाख रुपैयाँ योगदानबापट संकलन भएको छ ।

बैठकमा प्रस्तुत गरिएको आर्थिक वर्षको प्रगति विवरणहरु समेटिएको अध्यक्षको प्रतिवेदन, चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट, लेखा परिक्षण प्रतिवेदन र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष संस्थापना तथा सञ्चालन कार्यविधि २०७६ को संशोधन प्रस्ताव पारित गरिएको थियो । आजको जुम बैठकमा कोषमा योगदान गर्ने सँगै सम्भावित योगदानकर्ताहरुको उपस्थिति थियो । 
 

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

७ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२२ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप