ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस: ज्येष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस: ज्येष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण

काभ्रे । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा यहि २०७८ साल फागुन १९ गते विहिबारका दिन सम्पन्न भएको छ । 'दिगो र उत्कृष्ट वित्तिय सहकारी' को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७८ माघ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका कार्यक्षेत्र बनाई हाल १३५०० शेयर सदस्य तथा १३७८ बाल बचतकर्ता सदस्यहरु मार्र्फत करिव कूल १ अर्व माथिको कारोवार पुगेको छ । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा अर्धवार्षिक वुलेटिन मार्फत प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि आदरणीय महासंघका अध्यक्ष कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको  ध्यान गरिबि निवारण तथा उत्पादनमा र सदस्यलाई आत्म निर्भर समृद्ध गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनुभयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो । जिल्ला बचत संघका उपाध्यक्ष सागरनाथ कपाली, पनौती नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले  पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

संस्थाका सचिव दिपकप्रसाद दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३५३ जनालाई काठमाडौ मेडिकल कलेजको सहयोगमा निःशुल्क विविध स्वास्थ्य परीक्षण, संस्थामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये ७० वर्ष भन्दा माथिका ११९ जना जेष्ठ सदस्यहरुलाई वार्षिक रु ५०० भत्ता सहित सम्मान साथै बैक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन विषयमा सोधपत्र सहित विद्यावारिधी प्राप्त गरी सहकारी अभियानमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै पनौती न पा वडा नं ४ निवासी डा. शिवजी सापकोटालाई सम्मान प्रदान गरियो भने संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,सहित १३ जना महानुभावहरुलाई सम्मान  समेत गरिएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

४ मिनेट अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२२ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालक समिति बैठक सम्पन्न

४ मिनेट अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप