ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस: ज्येष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण
रञ्जनमणि पौड्याल
- रञ्जनमणि पौड्याल
ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस: ज्येष्ठ सदस्य सम्मान तथा निःशुल्क स्वास्थ्य परिक्षण

काभ्रे । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको ९ औ एकिकरण दिवस राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा यहि २०७८ साल फागुन १९ गते विहिबारका दिन सम्पन्न भएको छ । 'दिगो र उत्कृष्ट वित्तिय सहकारी' को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७८ माघ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका कार्यक्षेत्र बनाई हाल १३५०० शेयर सदस्य तथा १३७८ बाल बचतकर्ता सदस्यहरु मार्र्फत करिव कूल १ अर्व माथिको कारोवार पुगेको छ । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा अर्धवार्षिक वुलेटिन मार्फत प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि आदरणीय महासंघका अध्यक्ष कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको  ध्यान गरिबि निवारण तथा उत्पादनमा र सदस्यलाई आत्म निर्भर समृद्ध गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनुभयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।