काठमाडौं । छिन्नमस्ता महिला साकोस चागुनारायण–भक्तपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोवेसन बागमती क्लष्टर चौथोको ७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चैत्र ११ गते सम्पन्न भएको छ ।
साकोसका अध्यक्ष देवका श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।
प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले अबको दुनियाँ भर्चुअल बैंकमा जाँदैको गरेको कुरा संकेत गर्दै नेफ्स्कूनले साकोसहरुको लागि अब पूर्ण सोलुसन सहितको प्रविधिको लागि कार्य गरिरहेको र यहाँहरुले छिट्ै उक्त सेवा नेफ्स्कून मार्फत पाउने दावी गर्नुभयो । अब साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरणकोष र्निविकल्प भएको प्रस्ट्याउँदै साकोसको स्वस्थ वित्तीय अवस्था र स्वच्छ छवि निर्माणका लािग सञ्चालित कार्यक्रमहरुको सफलतामाथी प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिना, कार्यक्रम अधिकृत कोमलाराज अधिकारी, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी क्ष्टरमा आबद्ध ११ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यावसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर बृद्धिका लागि विविध विषयमा महत्वपूर्ण निर्णयहरु गरिएको थियो ।
२० घण्टा अगाडि
२१ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
२० घण्टा अगाडि
२८ दिन अगाडि
१६ दिन अगाडि
१९ दिन अगाडि
२० दिन अगाडि
१७ दिन अगाडि
१९ दिन अगाडि
२६ दिन अगाडि