राष्ट्रिय सहकारी दिवसमा बिन्धवासिनी साकोसको विविध कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी दिवसमा बिन्धवासिनी साकोसको विविध कार्यक्रम

बनेपा । काभ्रे तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय स्तरमा सर्वोेत्कृष्ट सहकारी व्यवसाय पुरस्कार तथा अन्तर्राष्ट्रिय स्तरमा ACCESS Silver Brand, CUMI Award एव CU Executive Award  प्राप्त गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेले विभिन्न कार्यक्रम गरी ६५ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाएको छ । 

संस्थाले सहकारी दिवसका अवसरमा संस्थाका सम्पूर्ण कार्यालयहरुमा दिपावली सहित सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको सेवा कार्यालय बनेपाले बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर अन्र्तगत आँखा परीक्षण, दन्त परीक्षण, फिजियोथेरापी परामर्श एवं मधुमेह परीक्षण बनेपा नगरपालिका वडा नंं १४ साँगामा सम्पन्न गरेको छ । शिविरबाट २०३ जना लाभान्वित भएका थिए भने पाँचखाल सेवा कार्यालयले पाँचखाल नगरपालिका अन्र्तगत वालुवाको आजाद माविमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा १०७ जना दाँतका विरामीले दाँतको परीक्षण  गराएका थिए । त्यस्तै ढुंखर्क सेवा कार्यालयले बेथानचोक–५ स्थित आत्म विकास मावि, च्याल्टीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५४ जना विद्यार्थीहरुको सहभागिता रहेका थियो ।

६५औं स्थापना दिवसको पूर्व सन्ध्यामा भकुण्डे सेवा कार्यालयले नमोबुद्ध ५ कानपुरमा सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको थियो भने ढुखर्क सेवा कार्यालयले २१ गते बेथानचोक ६ मेदाम्सुमा सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको समेत संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङ्तानले जानकारी दिनुभयो ।

साथै ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ  एवं स्थानीय निकायले आयोजना गरेको रयाली, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रममा समेत संस्थाकोसक्रिय सहभागीता रहेको थियो । यसै अवसरमा पनौती नगरपालिकाद्धारा आयोजित ¥याली तथा सम्मान कार्यक्रममा सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पुर्याए वापत संस्थाका संस्थापक अध्यक्ष भरत प्रसाद शर्माले सम्मानपत्र समेत प्राप्त गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप