दुई विषयगत केन्द्रीय सहकारी संघबीच एकीकरण, सञ्चालक समितिको बैठक बस्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दुई विषयगत केन्द्रीय सहकारी संघबीच एकीकरण, सञ्चालक समितिको बैठक बस्दै

काठमाडौं । नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि. र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लि. नेपालबीच एकीकरण भएको छ । एकीकृत संघको नाम केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. र कार्यालय मिनभवन काठमाडौं कायम गरिएको छ । संघीय सहकारी विभागले २०७८ चैत १५ गतेको निर्णयानुसार दुई केन्द्रीय संघबीचको एकीकरण प्रस्ताव र विनियम स्वीकृत गरेको हो । विभागले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम एकीकरण प्रस्ताव स्वीकृत गरेको हो ।

लामो समयदेखि एकीकरण प्रक्रिया अघि बढाएका दुई विषयगत केन्द्रीय संघले २०७८ पुस २० गते सहकारी विभागमा औपचारिक निवेदन दर्ता गराएका थिए । तत्पश्चात विभागले राष्ट्रिय दैनिक पत्रिकामा उक्त एकीकरण निवेदन उपर सरोकार, गुनासो वा उजुरी भए प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन अर्थात २०७८ माघ २९ गते भित्र कार्यालय समयमा विभागमा आइपुग्ने गरी निवदेन दिन सूचना जारी गरेको थियो । तोकिएको समयभित्र कुनै पनि दाबी विरोध नपरेपछि विभागले एकीकरण प्रस्ताव स्वीकृत गरेको हो । एकीकरण प्रक्रिया अघि बढेसँगै विभागबाट पूर्व स्वीकृति प्राप्त गरी दुबै संघको संयुक्त साधारण सभा २०७८ मंसिर २० गते महोत्तरीको बर्दिबासमा सम्पन्न भएको थियो । उक्त साधारण सभाले बाबुराम अधिकारीको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति तथा मदन बहादुर क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो ।

यसैबीच, एकीकरणपछि नयाँ सञ्चालक समितिको पहिलो बैठक आज धनुषाको ढल्केबरमा बसिरहेको अध्यक्ष अधिकारीले साकोस आवाजलाई जानकारी गराउनुभयो । आजको बैठकले एकीकृत संघको अवस्था, भावी रणनीति तथा कार्यक्रमहरु तथा उत्पादन तथा सेवासँगै सम्भावानहरु आदि बारे समीक्षा गर्ने बताइएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप