‘सहकारी सबैको र सधैंको बन्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी सबैको र सधैंको बन्नुपर्छ’

सहकारी व्यवसायको मर्यादाका लागि उद्यमशीलता प्रवर्धन आवश्यक छ । उद्यमशीलता प्रवर्धन र विकासमा सहकारीले भूमिका खेल्नुपर्दछ अन्यथा सहकारीलाई प्रयोग गरिने ‘इन्टरप्राइज’ शब्दावली खण्डित हुन्छ । सहकारी संघ संस्थालाई मर्यादित बनाउँछु भन्ने प्रण गरेर कार्यक्षेत्रमा होमिने सहकारीकर्मीमा सकारात्मक सोच हुनैपर्छ । सादा जीवन, सहयोगी व्यवहार र सकारात्मक सोच सहकारीकर्मीमा हुनुपर्ने महत्वपूर्ण गुण हुन् ।

सहकारीहरुले ‘हामी कहाँ छौं ?’ र ‘अब कहाँ जाने हो ?’ भन्ने बुझ्नु जरुरी छ । भविष्यको बाटो तय गर्दै जाँदा काम, कारबाही, तौरतरिकामा नवीनता आउनुपर्छ । सहकारीमा २ दशकअघि सान्दर्भिक लागेका विषयहरु आज असान्दर्भिक भएका छन् । प्रविधिको क्षेत्रमा पनि त्यही हो ।सामुहिक कार्य संस्कृतिको विकास सहकारीमा आवश्यक छ । यो सहकारीको अन्तर्य पनि हो । सहकारीको कखगघ पढ्ने सबैले सिकेको कुरा हो ‘एक थुकी सुकी सय थुकी नदी’ ।

सहकारीसँग सामाजिक न्याय र सामाजिक सुरक्षा पनि जोडिन्छ । वास्तविक सहकारी संस्थाले आफुलाई मर्यादित बनाउने हो भने बुझ्न जरुरी छ, समाजमा बहुसंख्यक अल्पसंख्यक छन् । सहकारीभित्र पनि बहुसंख्यक अल्पसंख्यक छन् । हामी जस्तो विकासशील मुलुकमा यो वास्तविकता हो । त्यसैले यदि सहकारी संस्था ‘सबैको र सधैंको’ बन्ने हो भने सामाजिक न्याय र सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ । सामाजिक न्याय र सामाजिक सुरक्षाको सन्दर्भमा यदि सहकारी संस्थाले बहुसंख्यक कमजोरहरुको सुरक्षा गर्न सकेन भने अल्पसंख्यक बलियाहरुलाई भरोसा दिन पनि सक्दैन । त्यसैले सहकारीले सामाजिक न्याय र सामाजिक सुरक्षालाई पक्षपोषण गर्न जरुरी छ, मर्यादित सहकारी बनाउन । 

हामीले बुझ्न जरुरी छ, जहाँ बढी अपेक्षा हुन्छ त्यहाँ आलोचना पनि बढी हुन्छ । सहकारी क्षेत्रसँग राज्यले धेरै अपेक्षा गरेको छ । संविधानले त्यो अपेक्षा गरेको छ । देशभरका लाखौं सहकारीकर्मीहरु यो अभियानमा जोडिएका छन्, हामीले छातीमा हात राखेर सोच्नुपर्छ, ‘अ्याब्सलुट टर्म’मा हामी सही छौं भन्ने दाबी हामी सायद गर्दैनौं । हाम्रा केही समस्या र सिमा छन् । सहकारी व्यवसायको मर्यादासँग सम्बन्धित विषयमा कुरा गर्दा सहकारी हामीसँग छ र गर्व गर्छौ, हाम्रा केही सिमा छन् तिनलाई फराकिलो बनाउन सामुहिक प्रयत्न गर्नुपर्छ ।

सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय नीति, नियम, कानुन, मुल्य, मान्यता, संस्कृति, निर्देशन, मापदण्ड, आदि सबै छन् तर पूर्ण परिपालना भएका छैनन् । सहकारीले यसका अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्धान्त परिपालना गर्नुपर्छ । हामी सहकारी सिद्धान्तको रटान लगाउँछौं तर अनुसरणको पाटो कमजोर छ । स्वच्छ प्रतिस्पर्धा र स्वच्छ उत्पादनका लागि गुणस्तरीयताको प्रतिबद्धता जनाउनुपर्दछ ।

सहकारीको सञ्जाल देशव्यापी छ । गाउँदेखि वडासम्म नेटवर्किङ छ तर त्यसभित्र आवद्ध सदस्यहरुको अभियानलाई ‘ब्याक अप’ प्रदान गर्ने काममा सक्रिय योगदान छैन । उनीहरुको अपेक्षित सहभागिता र सक्रियता छैन ।  बलियो सहकारी अभियान हुँदाहुन्दै ‘ब्याक अप’को पाटो अलि कमजोर छ ।

संविधानले सहकारीलाई महत्वपूर्ण ‘पिलर’ मानेको छ तर ‘फिलर’ को पक्ष कम छ । कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान करिब ५ प्रतिशत मात्र छ । साँच्चिकै सहकारी क्षेत्रलाई ‘पिलर’ र ‘फिलर’ बनाउने हो भने अर्थतन्त्रमा यसको योगदान बढाउने र गाउँ गाउँमा हरेक नागरिकले सहकारीको पक्षपोषण गर्ने हो भने वातावरण बन्छ । राष्ट्रिय सहकारी दिवसको दिनमा सहकारीकर्मीहरुले प्रण गर्नुपर्ने कुरा हो यो ।

अर्को कुरा, यस क्षेत्रमा लागेकाहरुमा सूचना, तालिम, शिक्षा र जानकारी प्रति लगाव छ तर ल्याकत कम छ । त्यस्तै, सहकारीको संख्या अत्यधिक छ, अब पुग्यो । नेपाल जस्तो मुलुकमा यो भन्दा बढी सहकारी चाहिदैन त्यही भएर हामीले सहकारी मर्जरको नीति पनि ल्याएका छौं । संख्या धेरै छ, संवेदनशीलता कम छ । 

यसैगरी,सहकारीमा ‘डिजिटल एप्लिकेसन’ को पक्षमा जाँगर बढेको छ, जागरुकता छ तर सँगै ‘डिजिटल डिभाइड’ (प्रविधिगत विभाजन) पनि छ । गाउँमा चल्ने र काठमाडौंमा चल्ने सहकारीलाई ‘डिजिटल लिट्रेसी’ को हिसाबले समान स्तरमा राखेर व्यवहार गर्न सक्ने हैसियतमा हामी छैनौं । ‘डिजिटल एप्लिेकशन’ प्रतिको लगाव बढ्दो छ तर दुरदराजको सहकारीहरु र उनीहरुका सदस्यहरुलाई प्रविधि पहुँच विकास गर्न सकेका छैनौं । त्यस दिशातर्फको संवेदनशीलता बढाउन जरुरी छ । यो अभियानको अहिलेको चुनौती पनि हो ।

सहकारीको प्रभावकारी अनुगमन हुन सकेको छैन । सहकारी क्षेत्रमा देखिने समस्याहरु प्रभावकारी अनुगमन नहुदाको परिणाम हो । म पनि नियमनकारी निकायमै भएका कारण प्रतिशतमा यसको जिम्मा लिन्छु ।

नेता र नेतृत्वबीच फरक छ । नेतृत्व विकासको सिद्धान्तबारे हामी प्रष्ट हुनुपर्छ । सबै नेतामा नेतृत्वको गुण हुन सक्तैन । नेता व्यक्ति हो नेतृत्व सीप हो । सहकारीमा नेता धेरै छौं तर नेतामा हुनुपर्ने नेतृत्वकौशलका लागि धेरै गर्न बाँकी छ । सरकार र सरोकारवालाहरुबीच सौहार्दपूर्ण सम्बन्ध आवश्यक छ ।

Cooperative: Of the member, for the member, by the member हुनुपर्नेमा केही विकृत्तिहरुलाई हेर्ने हो भने Cooperative: Off the member, far from the member, buy the member  बन्ने हो कि भन्ने भय पनि छ । यस्तो भयो भने हामीले सहकारी अभियन्ता भनेर छाती फुलाएर हिड्न सकिदैन । यो चुनौती हो । आज सहकारी दिवसको दिन हामीले प्रण गर्नुपर्ने कुरा साँच्चिकै सहकारीलाई 'अफ द मेम्बर, फर द मेम्बर बाई एन्ड द मेम्बर बनाउन लाग्दछौं भन्ने वचनबद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।

कुनै पनि व्यवसाय आफैमा मर्यादित हुँदैन, त्यसलाई सञ्चालन गर्ने विषयमा आधारभूत तौरतरिका हुन्छन् त्यसलाई मर्यादित बनाउने भनेको पात्रहरुको व्यवहार, आचरण र अनुशासित आबद्धताले हो । पात्रहरुको व्यवहार र शैली, संस्कार अनुशासित भएन भने कहिल्यै पनि मर्यादित हुन सक्तैन । सहकारी व्यवसायलाई मर्यादित बनाउन हामी सबैको भूमिका छ । सहकारीमा लाग्नेहरुको आचरण र अनुशासित आबद्धताको कसीमा यसलाई हेर्न सकिएन भने सहकारीमा लाग्नेहरुको अनुशासन व्यवहार सहकारी क्षेत्रसँग संगति मिल्ने खालको भएन भने जति कुरा गरेपनि सहकारीलाई मर्यादित बनाउन सकिदैन ।

(६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.नेपालले २०७८ चैत १९ गते आफ्नो सभाहलमा आयोजना गरेको विशेष कार्यक्रममा अर्यालले गर्नुभएको प्रस्तुतिको सम्पादित अंश)

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप