नरपानी देवनगर साकोसको देवनगर सेवाकेन्द्र उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नरपानी देवनगर साकोसको देवनगर सेवाकेन्द्र उद्घाटन

काठमाडौं । बनस्थलीस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्था लि. ले आजबाट खरिबोटमा देवनगर सेवा केन्द्रको शुभारम्भ गरेको छ । सेवा केन्द्रको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष  परितोष पौड्यालले गर्नुभएको थियो । 

नेफ्स्कूनका अध्यक्ष पौड्यालले काठमाडौंमा सञ्चालित नरपानी देवनगर साकोस सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य सम्बन्ध, कारोबार साथै सुशासित र सबल साकोस निर्माणको अभियानमा अगाडि बढ्दै जानेछ भन्ने विश्वास लिएको बताउनुभयो । उहाँले स्थापनाकालदेखि नेफ्स्कूनमा आबद्ध रही संघका सेवाहरुमा परिचित यस साकोसले गुणस्तर सुनिश्चितताको क्षेत्रमा पनि आफूलाई अब्बल सावित गर्ने गरी कार्यगर्न अनुरोध गर्नुभयो ।  

साकोसका अध्यक्ष अशोक लोहनी र व्यवस्थापक संजिव वाग्लेले सदस्यहरुलाई नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित खरिबोटमा पनि सेवा केन्द्र शुभारम्भ गरिएकोले साकोसको सेवाबाट लाभलिन सदस्यहरु समक्ष अनुरोध गर्नुभएको थियो । सेवाकेन्द्र शुभारम्भसँगै सञ्चालक समिति, उपसमिति र सदस्यहरुले आजैबाट नियमित बचतको सुरुवात समेत गर्नुभएको व्यवस्थापक वाग्लेले जानकारी गराउनुभयो ।  

नरपानी र देवनगर दुई साकोस एकीकरण गरी २०७८ कार्तिक ७ गतेबाट संयुक्त कारोबार सुरु गरेको नरपानी देवनगरले सदस्य सेवा सहजताका लागि खरिबोटमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । काठमाडौं महानगरपालिका को १५, १६, २९, ३०, ३१ र ३२ वडा साथै नागर्जुन नगरपालिभर कार्यक्षेत्र रहेको नरपानी देवनगर साकोसमा ३,००० सदस्य छन् ।  २ करोड २५ लाख शेयर पुँजी रहेको उक्त साकोसको कुल वासलात १५ करोडको रहेको छ । 

२०६६ सालमा स्थापित साकोस सुरुवाती अवस्थादेखि नेफ्स्कूनमा आबद्ध छ भने नेफ्स्कूनद्वारा सञ्चालित नेकोस प्लस सफ्टवेयर र जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा समेत सहभागी छ ।

भर्खरै
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

७ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

लोकप्रिय
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

७ मिनेट अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

पाठकबाट थप