चितवनका साकोस व्यवस्थापकहरुसँग समसामयिक सवालमा अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनका साकोस व्यवस्थापकहरुसँग समसामयिक सवालमा अन्तरक्रिया 

चितवनमा साकोस व्यवस्थापकहरुसँग समसामयिक सवालमा अन्तरक्रिया भएको छ । नेफ्स्कून चितवन फिल्ड कार्यालय कमलनगरको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य एवम् नेफ्स्कून सञ्चालक विद्या कोइरालाले र प्रमुख आतिथ्यता नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून चितवन फिल्ड व्यवस्थापन उप–समिति सदस्यहरु, चिस्कूनका अध्यक्ष हरिश्चन्द्र सुवेदी, साकोस म्यानेजर्स क्लवका सदस्यहरु लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा चितवनका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ३० जनाको उपस्थिति थियो । 

कार्यक्रममा साकोसका व्यवस्थापकहरुले आफ्नो साकोसको सामान्य वित्तीय जानकारी सहित हाल सहकारी क्षेत्रमा विकसित भैरहेका घटनाक्रम, गतिविधि साथै आगामी दिनमा सहकारीका अवसर तथा चुनौतिका बारेमा आआफ्ना धारणा राख्दै सहकारी अभियानलाई सफल गन्तव्य तर्फ पुर्याउन नेफ्स्कूनको नेतृत्वदायी भुमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले वर्तमान अवस्थामा सहकारी संस्थाहरुले जोखिम विश्लेषण गरि बचत तथा ऋणको मात्रालाई सन्तुलित बनाउने कुरामा जोड दिनु भयो । साथै संस्थागत पुँजी कम हुने संस्थाहरुले लाभांशको दरलाई कम गर्न सामुहिक रुपमा छलफल गरी निर्णय लिनुपर्ने बताउनुभयो । 

छलफलको क्रममा आएका जिज्ञासा, प्रश्नहरु साथै समाधानका उपायहरुको सम्बोधन सहजकर्ता प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । 

सभाध्यक्ष विद्या कोइरालाले विद्यमान परिस्थितिमा  साकोसलाई व्यवस्थित रुपमा सञ्चालन गरी चितवनमा हालसम्म कुनै पनि सहकारी सम्बन्धी नकारात्मक समाचार नआउने गरी संस्था सञ्चालन भएको प्रति खुसी व्यक्त गर्दै सधैं सुशासनयुक्त साकोस सञ्चालनमा जोड दिन सहभागीहरुमा अनुरोध गर्नुभयो । विद्यमान विषम अवस्थामा संघ र संस्थाहरु एक आपसमा मिलि सम्भावित चुनौतिलाई सामना गर्नको लागि आवश्यकता अनुसार अन्तरक्रिया र सामुहिक निर्णयलाई नीतिबद्ध गराउन नेफ्स्कूनले सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप