‘साकोसले सदस्य सन्तुष्टीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘साकोसले सदस्य सन्तुष्टीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अन्तर्गत चन्द्रागिरी समुहका साकोसहरुबीच ११औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । ध्रुवलक्ष्मी साकोसको आयोजनामा थानकोटमा सम्पन्न कार्यशालाको उद्घाटन नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो । साकोसका अध्यक्ष गोविन्द थापाको अध्यक्षता रहेको उक्त कार्यशालामा कर्ब्स समुहमा आवद्ध साकोसका व्यवस्थापकहरु, आयोजक साकोसका पदाधिकारी साथै सञ्चालक समिति सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो । 

नेफ्स्कूनका कोषाध्यक्ष एवम् प्रमुख अतिथि पनेरुले हालको विषम परिस्थितिमा साकोसहरुले पहिले आफ्नो आन्तरिक समस्या समाधान तर्फ लाग्नु पर्ने बताउनुभयो । “समय अनुसार चल्नुपर्छ, वित्तीय सहकारीमा यतिवेला जोखिमको अवस्था सृजित छ, जोखिम सुपरिवेक्षण नियमित रुपमा गरि योजनाबद्ध कार्यक्रम मार्फत अगाडि बढ्नुहोस्”,उहाँले भन्नुभयो । स्तरीकरण कार्यक्रम मार्फत साकोसले आफ्ना कार्यकुशलता अभिवृद्धि गरी सदस्य सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्नेमा कोषाध्यक्ष पनेरुले जोडदिनुभएको थियो  । 

चन्द्रागिरी समुह अन्तर्गत युगबाणी साकोस, जनश्रमिक साकोस, चम्किलातारा महिला साकोस, श्री सगरमाथा साकोस, कादम्बिनी साकोस, गुर्जुधारा साकोस र धु्रवलक्ष्मी साकोस रहेका छन् । 
जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित कर्ब्स कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुबेदीले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन ध्रुवलक्ष्मी साकोसकी सचिब अम्बिका थापाले गर्नुभएको थियो  ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप