टुगा आस्था विकास साकोस रुपन्देहीको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
टुगा आस्था विकास साकोस रुपन्देहीको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

रुपन्देही । पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गतको लुम्बिनी क्लस्टर चौंथोको ११औ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला कार्तिक २५ गते सम्पन्न भएको छ । 

टुगा आस्था विकास साकोस ओमसतिया–१ रुपन्देहीको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित गोष्ठीको अध्यक्षता आयोजक साकोसका अध्यक्ष डी.बी. थापाले गर्नुभएको थियो ।
 
गोष्ठी उद्घाटन सत्र सम्बोधन गर्दै नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एव् व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रोबेसन क्लष्टरमा आबद्ध साकोसहरुले प्रत्येक तीन तीन महिनामा के गर्यौं, नयाँ आविष्कार के गर्न सकियो, के कस्ता समस्या तथा चुनौतीहरु आए, नयाँ अभ्यासहरु के गरिए भन्ने विषयमा असल सिकाई आदान प्रदान गर्ने र समस्या समाधानको बाटो पहिचान गर्ने कार्यक्रम रहेको स्पष्ट पार्नुभयो ।  

उहाँले वित्तीय अनुशासन र कार्यालय व्यवस्थापनको मापदण्डलाई साकोसहरुले अनिवार्य अवलम्बन गरेर जानुपर्नेमा जोड दिनुभयो । वर्तमान आर्थिक अवस्थामा बचत ऋण सहकारीले अझै सजग र सचेत भएर प्रोबेसनको म्यानुअल बमोजिम संस्थालाई सञ्चालन गर्दै अगाडि बढ्न आव्हान गर्नुभयो ।  

साकोसका प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले संस्था जोखिमको विश्लेषण गर्ने विधि बारे प्रस्तुति गर्नु भएको थियो । कार्यक्रममा तीन जिल्लाका ७ वटा साकोसहरुबाट ३६ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष परसुराम बास्तोलाले स्वागत मन्तव्य र सचिव जीत बहादुर रास्कोटीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इन्चार्ज छत्र प्रसाद धमलाको पनि उपस्थिति रहेको थियो । 

सहभागी साकोसले आ–आफ्नो संस्थाले बिगत तीन महिनामा गरेका कार्य र प्रगति तथा आगामी तीन महिनामा गर्ने योजना तथा नीति बारे प्रस्तुतीकरण गर्नुको साथै एकआपसमा अभ्यास र मुद्दाहरुको बारे अन्तरक्रिया समेत भएको थियो । 

कार्यक्रममा उत्कृष्ट प्रस्तुती गर्ने एभरेष्ट साकोस कपिलवस्तुका म्यानेजर रविलाल भट्टराईलाई उत्कृष्ट प्रस्तोता पुरस्कार स्वरुप संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।  क्लष्टरको आगामी १२आंै गोष्ठी लुम्बिनी साकोस भैरहवाले फागुनमा आयोजना गर्ने निर्णय गरेको छ ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप