रामेछाप जिल्ला बचत संघको निर्वाचन सहितको १५औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछाप जिल्ला बचत संघको निर्वाचन सहितको १५औं वार्षिक साधारणसभा सम्पन्न

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १५औं वार्षिक साधारणसभा पौष २३ गते, शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता, राष्ट्रिय सहकारी माहासंघका सञ्चालक नेफ्स्कूनका पुर्व अध्यक्ष तथा  सल्लाहकार साथै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य डी.बी. बस्नेतको प्रमुख आतिथ्यता, नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काको विशेष आतिथ्यता तथा रामेछाप जिल्ला वचत संघका पुर्वअध्यक्ष तथा सल्लाहकार मन्थली साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष हिलाम ढुंगेल लगायतको आतिथ्यतामा सभाको उद्घाटन भएको थियो ।

प्रमुख अतिथि डी.बी. बस्नेतले जिल्ला संघको नेतृत्वमा हुने अनुगमनले गलत तरीकाले सञ्चालन भएका सहकारीहरुलाई कारवाही गर्नलाई निर्देशन दिनुभयो । सुशासित सहकारी आजको आवश्यकता भएकोले सुशासनमा चलेका सहकारीहरुले अनुगमनसँग डराउनु नपर्ने बताउनुभयो । साथै नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई अग्रिम वधाई तथा सुभकामना दिनुभयो ।

त्यसैगरी विशिष्ट अतिथि जिवसराज खड्काले अवको साकोस यथास्थितिमा नचल्ने अव साकोसले नीति, विधि र प्रविधिलाई अंगिकार गरी सुशासित, निरन्तर र विश्वाससिलो साकोस निर्माणको लागि अव संघले विकास गरेको स्तरीकरणमा आवद्ध भई स्तर उन्नती गरी स्थिरीकरणमा जोडिनुपर्ने वताउनु भयो । नेफ्स्कून तथा अन्य संघले गर्ने शिक्षा तालिम जस्ता कार्यक्रमहरु निरन्तर चलिरहने र यस्ता कार्यक्रममा सक्दो सवैले भाग लिई संघका वस्तु तथा सेवाको बढी भन्दा बढी उपभोग गर्न आग्रह गर्नुभयो । अहिलेको प्रतिकुल अर्थतन्त्रको समयमा सवैतिर वचत घटीरहेको अवस्थामा पनि नेफ्स्कून फिल्ड कार्यालय मन्थलीमा वचत वढीरहेकोले यहाँका सहकारीमा तरलाता समस्या नभएको अनुमान गर्न सकिने भन्दै यहाँका मुख्य साकोसहरुको सम्पुर्ण कारोवार आफ्नो सञ्जालवाट गर्नु भएकोमा धन्यवाद दिनुहँदै जिल्ला वचत संघलाई आफ्नोठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका सल्लाहकार तथा पुर्व अध्यक्ष गोविन्द प्रसाद घिमिरेले यस संघको स्थापनाकाल बाट निरन्तर सहयोग गरिरहेको र अव संघलाई अझ चलायमान गरी लैजानुपर्नेमा जोड दिनुभयो र यस कार्यको लागि आँफुले संधै खुल्ला दिलले सहयोग गर्ने  साथै जिल्लामा संघलाई वलियो खम्वाको रुपमा उभ्याउन सवैले सहयोग गनुपर्ने वताउनुभयो ।

वार्षिक साधारणसभाको अवसरमा विभिन्न उत्कृष्ठ साकोस तथा साकोसका व्यवस्थापकहरुलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष जगन्नाथ दाहालले प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्णमा धन्यवाद दिंदै अवको दोश्रो कार्यकालमा जिल्लाको साकोस अभियानलाई शुद्धीकरण गरी सुशासित साकोस निर्माणमा महत्वपूर्ण भुमिका खेल्दै संघलाई पनि बलियो वनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साधारणसभाको बन्दसत्रले जगन्नाथ दाहालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र प्रज्ञान खड्काको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रमको सञ्चालन संघका महासचिव नविन के.सि ले गर्नुभएको थियो भने व्यवस्थापन संघका व्यवस्थापक रमा श्रेष्ठले गर्नुभएको थियो ।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवम् शुभकामना ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप