चितवन बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, विद्या कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवन बचत संघको २३औं वार्षिक साधारणसभा सम्पन्न, विद्या कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३औं वार्षिक साधारणसभा पौष २३ गते, शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष हरिश्चन्द्र सुवेदीको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष शान्ति अधिकारी र जिल्ला सहकारी संघका अध्यक्ष हरिप्रसाद पौडेलको विशिष्ट आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । सभामा बागमती प्रदेश बचत संघका कोषाध्यक्ष टिकाराम भट्टराई र प्रोस्कूनका सञ्चालक तेजेन्द्र खड्काको आतिथ्यता रहेको थियो । 

सभामा सचिव रामराज पौडेलले आ.व. २०७८/०७९ मा गरिएका कार्यक्रमह, र ०७९/०८० मा गरिने प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष हरिश्चन्द्र सुवेदीले आर्थिक प्रतिवेदन २०७८/०७९ मा भएका यथार्थ आम्दानी र खर्च तथा २०७९/८० को लागि अनुमानित वजेट प्रस्तुत गर्नुभएको थियो । 

लेखा सुपरिवेक्षण समितिको तर्फवाट प्रतिवेदन संयोजक चुडामणी पौडेलले प्रस्तुत गर्नु भएको थियो । संघमा हाल २०८ सदस्य आवद्ध छन् । संघको हालसम्मको शेयर रु.१ करोड ५३ लाख ७२ हजार, बचत रु १४ करोड ३५ लाख ६२ हजार, ऋण लगानी रु १३ करोड ६६ लाख ५५ हजार र कुल सम्पत्ती रु. १७ करोड १५ ला ५० हजार रहेको संघले जनाएको छ । साधारणसभामा १ सय ८४ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

साधारणसभाका अवसरमा संघले सदस्य साकोसहरुलाई स्वमुल्याकंन कारोवार, सुशासन र सदस्यता वृद्धिका आधारमा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

क) १० करोड सम्म कारोवार गर्ने संस्थाहरु मध्येवाट
   प्रथम–श्री उज्जवल महिला विकास साकोस रत्ननगर–१, चितवन    
   द्धितीय–श्री नवदुर्गा भवानी साकोस भरतपुर–५, चितवन

ख) १० करोड देखी ३० करोड सम्म कारोवार गर्ने संस्थाहरु मध्येवाट
   प्रथम–हिमाली व्राह्मी महिला साकोस भरतपुर–११
   द्धितीय– अर्थगणेश साकोस भरतपुर–१५
   तृतिय–आदर्श साकोस भरतपु–१०

ग) ३० करोड देखी माथि कारोवार गर्ने संस्थाहरु मध्येवाट
    प्रथम–अथर्व साकोस भरतपुर–१२
    द्धितीय–हाम्रो चित्रवन साकोस भरतपुर–१२
    तृतीय– प्रभात दिदीवहिनी साकोस भरतपुर–१२

 र कर्मचारीहरु तर्फः
 प्रथम– कृष्णकला सापकोटा, हिमाली व्राह्मी महिला साकोस
 प्रथम– नारायण प्रसाद सापकोटा, आदर्श साकोस
 द्धितीय– ठाकुरप्रसाद दवाडी, अथर्व साकोस
 तृतीय– उदयवावु वराल, नवचितवन साकोसलाई सम्मानित तथा पुरस्कृत गरेको थियो । 

वार्षिक साधारणसभाले चुनावी प्रतिस्पर्धाका आधारमा विद्या कोइरालाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र मीन प्रसाद सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरको छ । नवनिर्वाचित अध्यक्ष कोइराला नेफ्स्कूनकी सञ्चालक समेत हुनुहुन्छ । समितिको उपाध्यक्षमा ईश्वरी शर्मा, सचिव सुदिप रेग्मी, कोषाध्यक्ष गोविन्द प्रसाद भट्टराई, सहसचिव रितु गिरी र सदस्यहरुमा क्रमशः नारायण प्रसाद कंडेल, आरती पन्त, मञ्जु भट्ट पाण्डे, सानुमाया थापा, प्रभु प्रसाद महतो र पवन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा मीन प्रसाद सुवेदी र सदस्यहरुमा विष्णुमाया पाण्डे र भोजराज पौडेल निर्वाचित हुनुभएको छ । समितिका सवै पदहरुमा निर्वाचन भएको थियो । निर्वाचनमा १ सय ८२ प्रतिनिधिहरुले मतदान गरेका थिए । 

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवम् शुभकामना । 

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप