उत्कृष्ट व्यवस्थापक केबी लामालाई नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उत्कृष्ट व्यवस्थापक केबी लामालाई नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण

काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबको जिम्मेवारी सहित पद हस्तान्तरण भएको छ । नेफ्स्कूनको आयोजनामा शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच क्लबका अध्यक्ष दिपक बस्नेतको नेतृत्वले यस बर्षको नेफ्स्कून उत्कृष्ट व्यवस्थापक केबी लामाको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो । 

साकोस म्यानेजर्स क्लबको अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत Elenita San Roque, एसियाली ऋण महासंघका Chief of Technical Officer Team, Ranjith Hettiarachchi, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनको सहभागिता थियो । हालसम्म एक्सेस कार्यक्रममा ब्राण्डेड साकोसका व्यवस्थापन प्रमुखहरु, साकोस म्यानेजर्स क्लबका बर्तमान पदाधिकारी एवं नवपुरस्कृत उत्कृष्ट व्यवस्थापकहरु गरी ४२ जनाको सहभागिता रहेको सो कार्यक्रमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

कार्यक्रममा एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत Elenita San Roque ले साकोस म्यानेजर्स क्लबले संस्था र सहकारी अभियानको बृद्धि, विकास र गुणस्तर सुनिश्चितता एवं मानव संशाधनको बृद्धि तथा विकासको निमित्त महत्वपूर्ण भुमिकाका निमित्त शुभकामना दिनुभएको थियो ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले साकोस म्यानेजर्स क्लबको आवश्यकता र औचित्यता विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सीना ले मानव संशाधन बैक सञ्चालन अवधारणा विषयक प्रस्तुती गर्नुभएको थियो भने साकोस म्यानेजर्स क्लबका अध्यक्ष दिपक बस्नेतले साकोस म्यानेजर्स क्लबले हालसम्म गरेका गतिविधि एवं आगामी दिशा का विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रमको अन्त्यमा नेफ्स्कूनको तर्फबाट २०७८ मा उत्कृष्ट व्यवस्थापक छनोट भएका दिपक बस्नेत नेतृत्वले २०७९ मा उत्कृष्ट व्यवस्थापक छनोट भएका केबी लामा नेतृत्वको टिमलाई शुभकामना सहित माईन्युट हस्तान्तरण गरेको थियो ।  साथै म्यानेजर्स क्युरीका संयोजक विनोद पराजुलीले नवगठित म्यानेजर्स क्युरीका संयोजक ईश्वर न्यौपानेलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । 

नेफ्स्कून साकोस म्यानेजर्स क्लब नेफ्स्कूनका सदस्यहरुमध्ये उत्कृष्ट ठहरिएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च हो । २०६९ सालमा गठित ९ सदस्यीय क्लब हाल ११ सदस्यीय छ । क्लबको संरक्षकमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

म्यानेजर्स क्यूरी नेफ्स्कून–साकोस म्यानेजर्स क्लबलाई आवश्यक सर सल्लाह सुझाव प्रदान गर्ने स्थायी प्रकृतिको ५ सदस्यीय विज्ञ सल्लाहकार समूह हो । क्यूरीको वर्तमान संयोजक एवम् रुपन्देहीस्थित कोलिय देवदह साकोसका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुलीले मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेलाई नवगठित क्यूरीको संयोजकको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप