लमजुङमा बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम सञ्चालन

लमजुङ । नेफ्स्कून फिल्ड कार्यालय लमजुङकोे आयोजनामा बजार प्रतिनिधिहरूको क्षमता विकास तालिम बेशीसहरमा सम्पन्न भएको छ । पौष २२ र २३ गते दुई दिन सञ्चालित तालिम संघका सञ्चालक समिति तथा लमजुङ फिल्ड कार्यलय व्यवस्थापन उपसमिति संयोजक कमला देवि गिरीको अध्यक्षतामा भएको थियो । 

तालिम शुभारम्भका अवसरमा बोल्दै सञ्चालक गिरीले सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधि पदमा कार्यरत कर्मचारीहरु संस्थाको प्रमुख सद्भाव राजदुत अर्थात संस्थामा सदस्य सम्बन्ध विकासको मेरुदण्डको रुपमा रहेको बताउनुभयो । 

उहाँले संस्था र सदस्यबीचको सम्वन्धमा यस तहका कर्मचारीको विशेष भूमिका रहने साथै संस्थाले  उत्पादन गरेका वस्तु तथा सेवा सदस्यहरुमाझ पुर्याउने सम्बन्धसेतुको रुपमा रहेको बताउनुभयो । समग्र संस्थाको विकास र संस्थागत छवी बनाउन साथै समुदायमाझ साकोसको पहिचान स्थापित गर्न बजार प्रतिनिधि कर्मचारीहरुको भूमिका रहनेहुँदा कर्मचारी क्षमता विकास अनिवाय रहने स्पष्ट पार्नुभयो ।  सञ्चालक गिरीले तालिम बाट सिकेका कुरा व्यवहारमा र संस्थामा प्रयोग गर्न अनुरोध गदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

तालिममा विभिन्न २१ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३६ जनाको सहभागिता रहेको थियो । 

तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो भने व्यवस्थापन फिल्ड कार्यलय प्रमुख विनोद ढकाल र सन्देश घिमिरेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप