नवलपुर जिल्ला बचत संघको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा होमनाथ जैशी सर्वसम्मत निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुर जिल्ला बचत संघको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा होमनाथ जैशी सर्वसम्मत निर्वाचित

काठमाडौं । नवलपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २८औं वार्षिक साधारणसभा कावासोती ८, नवलपरासी (ब.सु.पूर्व) मा पौष २३ गते, शनिवार सम्पन्न भएको छ । 

साकोसका कार्यवाहक अध्यक्ष होमनाथ जैशीको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन भएको थियो । सभामा जिल्ला सहकारी संघका अध्यक्ष केशव प्रसाद सापकोटा, नवलपुर जिल्ला बचत संघका संस्थापक अध्यक्ष खेमराज सापकोटा, नेफ्स्कूनका पूर्व सञ्चालक इन्द्रराज ज्योति पौडेल, नवलपुर जिल्ला बचत संघका पूर्व अध्यक्ष माधव प्रसाद गौतम लगायत संघका सल्लाहकारहरुको विशेष आतिथ्यता रहेको थियो । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव अधिकारीले नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नवलपुरको बचत तथा ऋण सहकारी अभियानलाई अगाडि बढाउन संघको पहलकदमी सँगै नेफ्स्कूनको विशेष साथ सहयोग रहने बचनबद्धता व्यक्त गर्नुभयो । उहाँले नवगठित सञ्चालक समितिको क्षमता अभिबृद्धिको आवश्यकता औल्याउँदै नेफ्स्कूनले सञ्चालन गरिरहेका निशुल्क तालिमहरुमा सहभागिता अभिवृद्धि गर्न अनुरोध गर्नुभयो । महासचिव अधिकारीले सहकारीका समसामयिक समस्याहरुको सम्बोधनका लागि र सहकारी ऐन नियम संशोधनका विषयमा पनि संघले निरन्तर बहश पैरवीको काम गरिरहेको स्पष्ट पार्नुभयो । 

साकोसका नवनिर्वाचित अध्यक्ष होमनाथ जैशीले साकोस आवाज संवको कुराकानीका क्रममा संघलाई अभियानको सबल संघ बनाउन एकताबद्ध भएर कार्य गर्ने साथै संघमा सदस्य संस्थाको आवद्धता अभिवृद्धि अभियानमा लाग्ने बताउनुभयो । उहाँले अभियानको सबलीकरण र सुदृढीकरणका लागि सहजीकरण, अनुगमन, निरिक्षणका कार्यक्रमहरुमा नियामक निकायसँग समन्वय गरी अगाडि बढ्ने योजना रहेको स्पष्ट पार्नुभयो । साथै उहाँले सर्वप्रथम संघको स्तरोन्नती र कार्यालय व्यवस्थापको पाटोमा सुधार ल्याउन आवश्यक रहेको समेत औल्याउनुभयो । 

साधारणसभामा संघका कोषाध्यक्ष रामप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक छविलाल अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव देवराज पौडेलले गर्नुभएको थियो । 

संघमा हाल ५४ संस्था आवद्ध छन् । संघको शेयर पुँजी रु. २२ लाख १८ हजार ६००, बचत रु. ६८ लाख २५ हजार ८९६, ऋण लगानी रु. ६४ लाख ५७ हजार ५०० र कुल सम्पत्ती १ करोड १० लाख ६४ हजार ५९० रहेको साकोसकी व्यवस्थापक सिता अधिकारीले साकोस आवाजसँगको कुराकानीका क्रममा जानकारी गराउनुभयो । 

साधारणसभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने ६ वटा सदस्य संस्था, उत्कृष्ट ऋण असुलीकर्ता सदस्य, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट शेयर खरिदकर्ता लाई सम्मानित गरिएको थियो । त्यसैगरी गत आ.व.मा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट पुरस्कार प्राप्त संस्था र व्यवस्थापकहरुलाई धन्यवाद सहित सम्मानित गरिएको थियो । 

साधारणसभाले सञ्चालक समितिमा रिक्त रहेका पदहरुमा पदपूर्ति समेत गरेको छ । संघका अध्यक्षमा होमनाथ जैशी, उपाध्यक्षमा बद्रीनाथ नेपाल र सञ्चालक सदस्यमा चन्द्र प्रसाद तिमिल्सिनालाई  सर्वसम्मत निर्वाचित गरेको छ । 

संघका अध्यक्ष राम प्रसाद सिग्देलको असामयिक निधन पश्चात रिक्त रहेको पद संघका उपाध्यक्ष होमनाथ जैशिले कार्यवाहक अध्यक्ष रहि जिम्मेवारी सम्हाल्नुभएको थियो भने सञ्चालक बद्रीनाथ नेपाललाई उपाध्यक्षमा निर्वाचित गरी सञ्चालकमा रिक्त भएको पदमा चन्द्र प्रसाद तिमिल्सिनालाई निर्वाचित गरिएको संघले जनाएको छ । 

संघमा होमनाथ जैशीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र छविलाल अर्यालको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप