चन्द्रागिरि साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न, २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको २१ औं वार्षिक साधारणसभा सम्पन्न, २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारणसभा पौष २३ गते सम्पन्न भएको छ । पौष १६ देखि २२ गते सम्म विभन्न ७ वटा ईकाहरुबाट समान कार्यसूचीमा ईकाई सभाहरु आयोजना गर्दै उक्त सभाहरुबाट मनोनित प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभा पौष २३ गते आयोजना गरिएको हो । साधारण सभामा कायम रहेको कुल सदस्य संख्या १५ हजार ८९६ मध्ये ११ हजार ४९० जना (७२%) सदस्यहरुले विभिन्न ७ वटा ईकाहरुमा सहभागिता जनाएका थिए । 

२१ औं वार्षिक साधारण सभाको निर्णय प्रमाणित गर्ने सभाको उद्घाटन सत्रमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा विभिन्न उप समितिहरु गठन गरिए जस्तै अर्थतन्त्र र वित्तीय बजारलाई नजिकबाट नियाल्ने र उपयुक्त नीतिगत सुधारको लागि सुझाव दिन सक्ने उपसमिति सहकारी संस्थाहरुमा गठन गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीलाई उत्पादनकोे मुल्य श्रङ्खला संग जोड्नु पर्ने कुरामा जोड दिनुभयो भने राष्ट्रिय सहकारी महासंघका नायब महाप्रबन्धक बाबुल खनालले ऋण सदुपयोगिता अनुगमनको छुट्टै कार्यविधि बनाएर ऋणहरुको अनुगमन गर्न सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर र विभिन्न छिमेकी संस्था तथा साझेदार संस्थाका प्रतिनिधिहरु उपस्थित रहेको थियो । 

उक्त सभामा आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन अध्यक्ष योगेन्द्रकुमार कुँवरले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भानुप्रकाश ढकालले, लेखापरीक्षण प्रतिवेदन पी.बी.के.पी. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट विनोद फुँयालले र आगामी वर्षको कार्यक्रम तथा बजेट र ४ वर्षे रणनीतिक योजना प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । 

उक्त साधारणसभाले सदस्यहरुलाई १०% शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने सहित विभिन्न १४ वटा कार्यसूचीहरु पारित गरेको थियो । साधारण सभाकै विच संस्था र विभिन्न दाताहरुको योगदाबाट स्थापना भएको चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कोषबाट २३ जना विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने १९ जना दाताहरुलाई सम्मान पनि गरिएको थियो । 

त्यसैगरी वर्ष सदस्य तर्फ कुन्नम पोखरेल र दिपक दुलाल तथा वर्ष सदस्य कर्मचारी शाखा अधिकृत दामोदर रिजाल र लगनशील कर्मचारी प्रभा बन्जारा एवं श्यामकुमारी खड्कालाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप