रुपन्देही बचत संघको निर्वाचन सहितको १७औं वार्षिक साधारणसभा सम्पन्न, बसन्त ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देही बचत संघको निर्वाचन सहितको १७औं वार्षिक साधारणसभा सम्पन्न, बसन्त ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

काठमाडौं । रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १७ औं वार्षिक साधारणसभा पौष २३ गते शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रदेश मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले गर्नुभएको थियो । समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन, लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, नेफ्स्कूनका सञ्चालक एवम् संघका सचिव सन्दिप सापकोटा लगायत विषयगत केन्द्रीय संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । 

सभामा सञ्चालक समितिको प्रतिवेदन संघका सचिव सन्दिप सापाकोटाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष खेमराज पाण्डेले आ.व.०७८/०७९को आय व्यव विवरण तथा चालु आ.व.०७९/ ८० को प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका सदस्य पुरुषोत्तम आचार्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

संघमा आवद्ध कुल २८१ सदस्य संस्थामध्ये एकीकरण पश्चात हाल २५४ सदस्य आवद्ध रहेको संघले जनाएको छ । संघको शेयर पुँजी रु.५६ लाख ६१ हजार, बचत रु.४ करोड ९४ लाख ४५ हजार ७७५, ऋण लगानी रु.४ करोड ९ लाख ४ हजार ४४७ गरी कुल पुँजी रु. ६ करोड ३१ लाख ६८ हजार रहेको संघकी व्यवस्थापक शर्मिला गौतम भट्टराईले कुराकानीका क्रममा जानकारी गराउनुभयो । 

निर्वाचन सहितको सभाले बसन्त ढकालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र पुरुषोत्तम आचार्यको अध्यक्षतामा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा गोमादेवी पौडेल, सचिव बाबुराम बञ्जाडे, कोषाध्यक्ष भोज बहादुर बुढाथोकी सदस्यहरुमा खेमराज पाण्डे, अशोक तिवारी, रामप्रसाद पौडेल, निर्मला अधिकारी, कपिला एसी रायमाझी, मीना पौडेल, रमणि डुम्रे, भानुभक्त पौडेल र नारायण प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुरूषोत्तम आचार्य र सदस्यहरुमा धना खनाल र प्रिया गुरुङ निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा शुभकामना । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप