जनसेवा साकोसको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनसेवा साकोसको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम

पोखरा। जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ३१औं स्थापना दिवस एवम् हरितालिका तीजका अवसरमा आयोजना गरेको तीज गीत प्रतियोगितामा उपकार आमा समूह प्रथम भएको छ।

महिला विकासमा सहकारी विषयमा बुधबार पोखरा –१९ पुरुन्चौरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा शिव पुरी आमा समुह दोश्रो हुन सफल भएको छ भने लाली गुराँस आमा समूह तेश्रो भए। त्यसैगरी सीप विकास आमा समूह र लाली गुराँस आमा समूह (टाकुरा)चौथों भएको छन्।

प्रतियोगितामा प्रथम हुनेले रु १० हजार ,दोश्रो हुनेले रु ७ हजार पाँच सय,तेस्रो हुनेले रु ५ हजार र सान्त्वना हुनेले रु ३ हजार साथै उत्कृष्ट नृत्यले रु १ हजार र प्रमाणपत्र प्राप्त  गरेका थिए ।
उत्कृष्ट नृत्यमा जागृति आमा समुह साथै बाल प्रतिभा सुदिक्षा अधिकारी र आयुसा बराललाई पनि पुरस्कार प्रदान गरिएको जनसेवा साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीले  जानकारी दिनुभयो ।

प्रतियोगितामा पोखरा –१९ भित्रका १५  वटा आमा समुह वीच प्रतिस्पर्धा भएको थियो।

निर्णायक समितिमा संयोजक लोक गायिका एवम् साहित्यकार अम्बिका भण्डारी, सदस्यमा जनसेवा साकोसका शिक्षा उपसमितिका संयोजक बिष्णु कुमारी आचार्य र प्राध्यापक कृण्ण प्रसाद आचार्य रहनुभएको थियो।

सहभागी सम्पुर्ण टिमलाई रु १ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको जनसेवा साकोस शिक्षा उप समितिका संयोजक विष्णु कुमारी पौडेल आचार्यले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले तीज पर्वले महिला शसक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

पछिल्लो समय तीजको मौलिकता माथि प्रहार भएको भन्दै उहाँले तीज पर्वको मौलिकता जोगाउन सबै हिन्दु नारी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।सहकारीले महिलाको आर्थिक शसक्तिकरणको सवालमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने उहाँको भनाइ थियो। 

उहाँले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले गण्डकी प्रदेशवाट सहकारीको उत्कृष्ट ब्यबस्थापक हुन सफल भएकोमा जनसेवा साकोसका ब्यबस्थापक प्रेमसागर अधिकारी लाई बधाई दिदै आगामी दिनमा सहकारीकर्मीले अवलोकन गर्न योग्य सफल सहकारीका रुपमा  विकास हुदै जान सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।सहकारीकर्मीले बैकमा नभई सहकारीमै कारोवार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनसेवा साकोसका अध्यक्ष चेतनाथ गौतमले सहकारीले समुदायका सुख दुखमा साथ दिने गरी काम गरेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरमा मुख्य कार्यलय रहेको सहकारीमा २ हजार २ सय १४ जना सदस्य रहेका छन्।सहकारीको पोखरा –१ ट्याक्सी चोकमा सेवा केन्द्र रहेको छ। 

जनसेवा साकोसका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उप समितिका संयोजक बिष्णु कुमारी आचार्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव दान बहादुर भुजेलले गर्नुभएको थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप