गुणस्तरीयता नेफ्स्कूनका सदस्यको नैसर्गिक अधिकारः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुणस्तरीयता नेफ्स्कूनका सदस्यको नैसर्गिक अधिकारः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संघमा आवद्ध सबै संघ संस्थाहरुलाई स्तरीकृत र गुणस्तरीय बन्ने अधिकार रहेको बताउनुभएको छ । उहाँले नेफ्स्कूनका सदस्य संघ संस्थाहरु गुणस्तरीय हुने नैसर्गिक जस्तै अधिकार भएको र उक्त अधिकार सुनिश्चितताका लागि निर्सत काम गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । आज राजधानीमा सन्दुस बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, ‘तर, त्यसका लागि प्रमुख विषय भनेको संस्थाको सुशासन हो । सुशासन बिना स्तरीकरण र गुणस्तरको सम्भावना नरहेको भन्दै उहाँले सुशासित संस्थाको नैसर्गिक अधिकार स्तरीकृत हुने बताउनुभयो । सहकारीमा सुशासनको विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सुशासित संस्थाका लागि थुप्रै अवसरको ढोका खुल्छ ।’ सदस्यको सहभागिता र समुदायको विश्वासमा अघि बढ्ने नेफ्स्कूनका साकोसहरु स्वतः गुणस्तरयुक्त बन्ने दाबी गर्नुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले नेफ्स्कूनले स्थानीय तह र प्रदेश कार्यक्षेत्र रहेका संघ संस्थाहरुलाई तत्तत् तहसँग समन्वय गरी साझेदारीमा सहकारी शिक्षा र प्रवद्र्धनका कार्यक्रमहरुलाई रणनीतिक महत्वसहित सञ्चालन गर्ने पनि जानकारी बताउनुभयो ।

साकोसको अध्यक्षमा अनिलराज भण्डारी निर्विरोध
यसैबीच, सन्दुस साकोसको आज सम्पन्न निर्वाचतसहितको साधारण सभाले अनिल राज भण्डारीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ भने दिप बहादुर आले मगरको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतमा सम्पन्न सभामा निवर्तमान अध्यक्ष मनोज श्रेष्ठ, संस्थाको नवनिर्वाचित तथा पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, उपसमिति, ज्योतिपुञ्ज साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज कार्की, नेफ्स्कूनका अन्तरलगानी अधिकृत मनोज बुढाथोकी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो । 

भक्तपुरको कौशलटारस्थित सन्दुस साकोससँग ३ करोड ८१ लाख सेयर पुँजी रहेको छ भने २ करोड ८८ लाख बढी जगेडा तथा अन्य कोष रहेको छ । २६ करोड बढी निक्षेप संकलन गरेको संस्थाले ४२ करोड ४ लाख बढीको कुल कारोबार गरेको जानकारी साधारण सभामा गराइएको थियो । मुख्य कार्यालयसँगै एउटा सेवा केन्द्र रहेको सन्दुस साकोसमा हाल १८ सय ९२ सदस्य रहेको निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप