एकीकृत गढीदृष्टि भावना साकोस कर्व्स कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत गढीदृष्टि भावना साकोस कर्व्स कार्यक्रममा आवद्ध

दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. ३ छौडे मा अवस्थित एकिकृत गढीदृष्टि भावना साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्व्स) कार्यक्रममा आवद्ध भएको छ । कर्व्स कार्यक्रम नेफ्स्कूनले विकास गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम हो जसले संस्थाको वित्तीय जाखिम, संस्थागत जोखिम र सदस्य सहभागिता जोखिममा आधारित रही जोखिम न्यूनीकरणको लागि भूमिका निर्वाह गर्दछ

साकोसमा हाल सदस्य १०४७ बाल बचतकर्ता २५६ जना, कुल सम्पत्ति ३ करोड ४४ लाख , शेयर पुँजी २२ लाख र संस्थागत पुँजी १० लाख ६८ हजार रहेको छ । संस्थाको कार्यक्षेत्र तामाकोशी गाउँपालिका भर रहेको छ । गढीमाई साकोस, जनदृष्टि साकोस र भावना साकोस एकिकरण भई एकीकृत गढीदृष्टि भावना साकोस बनेको हो । संस्थाको मिति २०८० साल मंसिर २५ गते एकिकरण पछिको प्रथम साधारण सभाबाट कुवेर पोखरेलको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र ढाल प्रसाद दाहालको संयोजकत्वमा ३ जनाको लेखासुपरिवेक्षण समिति निर्वाचित भएको थियो । संस्थाको तामाकोशी गाउँपालिका वडा नं. ४ मालु डाडाँगाउँ र तामाकोशी गाउँपालिका वडा नं. ३, जफे जामुनेमा सेवा केन्द्र रहेको छ ।

कर्व्स कार्यक्रमको सम्झौता पूर्व नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले कार्यक्रममा आवद्धताको औचित्यता तथा महत्व, कर्व्स सुचकांक, कर्व्स कार्यक्रममा आवद्धता पश्चात साकोस, जिल्ला बचत संघ तथा नेफ्स्कूनको काम, कर्तव्य र अधिकार, कार्यक्रम कार्यान्वयनको लागि संचालक समिति, कर्व्स कार्यदल तथा व्यवस्थापनको भुमिका आदि विषयमा अभिमुखिकरण गर्नुभएको थियो । त्यस्तै साकोसका अध्यक्ष कुवेर पोखरेलले कार्यक्रममा आवद्ध भएपछि संस्थागत अवस्थाको सुपरिवेक्षण गरी दिइएका सुझावहरु कार्यान्वयन गर्न, जोखिम न्यूनीकरण गर्न तथा संस्थागत सुशासन कायम गर्नको लागि संस्थाको संचालक समिति तथा व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रम दोलखा जिल्लामा नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत संचालित रहेको छ । नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे, दोलखा जिल्ला बचत संघका व्यवस्थापक राजकुमार शिवभक्ति र एकीकृत गढीदृष्टि भावना साकोसको अध्यक्ष कुवेर पोखरेलले संस्थाको संचालक समिति तथा व्यवस्थापनको रोहवरमा हस्ताक्षर गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप