सिको साकोसमा 'बीडीएस हेल्प डेस्क' स्थापना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको साकोसमा 'बीडीएस हेल्प डेस्क' स्थापना

सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा नगरपालिका १, भुरीगाउँ बर्दियामा 'बीडीएस हेल्प डेस्क' स्थापना गरिएको छ । सिको साकोसको केन्द्रीय कार्यालयमा स्थापित उक्त डेस्कको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन पनि गरिएको छ । नेफ्स्कून र USAID Trade and Competitiveness बीचको साझेदारीमा कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा डेस्क स्थापना गरिएको हो ।आज आज एक कार्यक्रमका बीच व्यवसाय विकास सेवा BDS को प्राविधिक सहजीकरण समेत सम्पन्न गरिएको हो । 

संस्थाका कार्यवाहक अध्यक्ष उदय बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण समिति संयोजक, सञ्चालक समितिका सदस्यहरु, सिको जीविकोपार्जन क्लबका सदस्यहरु सहित व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको उपस्थिति थियो ।

कार्यक्रमको प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहाल र USAID Trade and Competitiveness अन्तर्गत एक्सेस टु फाइनान्स कार्यक्रमका म्यानेजर सञ्जय झाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा व्यवसाय विकास सेवा डेस्क (BDS HelpDesk) को आवश्यकता, सञ्चालनको प्रक्रिया, कार्यक्रम लागू भएपछिको फाइदा लगायतका विषयमा सहभागीहरुलाई प्रष्ट पार्दै प्राप्त जिज्ञासाहरुको पनि सम्बोधन गरिएको थियो । 

सिको जीविकोपार्जन क्लबको नियमित बैठक हुने स्थानमा भएको कार्यक्रममा उपस्थित दिदिबहिनीहरुले आफूहरुसँग सीप, क्षमता, उत्पादन हुने तर सामानले उचित मूल्य नपाउने हुँदा बजारीकरणको व्यवस्था भए आफूहरु एकत्रित भएर काम गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष उदय बहादुर खत्रीले आगामी दिनमा सदस्यहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि सम्बन्धित क्षेत्रसँग उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप