किसान साकोसको २९औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसको २९औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम

गैडाकोट-८ नवलपुर ।  किसान साकोसको २९औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् । स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत २०८१ असार १५ गते वृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । समुदायमा आधारित र सदस्य केन्द्रित साकोसले सार्वजनिक स्थल सरसफाई, ट्राफिक सचेतना, खेलकुद लगायत कार्यक्रम समेत भव्यतापूर्वक सम्पन्न गरेको छ । 

रक्तदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सहज सेवाकेन्द्र गैंडाकोट ४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुइ ठाउँँमा आयोजित गरिएको थियो जसमध्ये सहज सेवाकेन्द्रमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिति नेफस्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योती पौडेल रहनुभएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण संस्थाकी सचिव सरस्वती कंडेलले गर्नु भएको थियो । संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले स्वागत मन्तव्य राख्दै किसानले वित्तीय कारोवार मात्र नगरी सामाजिक कृयाकलाप हरुमा जोडिदैं मानवीय सेवा अन्तर्गत रक्तदान कार्यक्रम र विपन्न सदस्यका छोरा छोरीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्य विगत वर्षहरुमा समेत निरन्तर रुपमा यस्ता कृयाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो र सम्पूर्ण उपस्थित अतिथी हरुलाई स्वागत गर्नु भएको थियो ।

५ वटा सामाजीक संस्थाहरु सहित भएको रक्तदान कार्यक्रम मा ५९ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २४ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । 

कावासोतीमा भएको कार्यक्रम अध्यक्षता संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुली रहनु भएको थियो ।

उक्त कार्यक्रम सहजीकरण संस्थाका विभागीय प्रमुख प्रेम अधिकारीले गर्नु भएको थियो । संस्थाका सञ्चालक सदस्य देवी घिमिरेले स्वागत मन्तव्य राख्दै सम्पूर्ण उपस्थित अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम मा ६७ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो भने २६ जना विद्यार्थी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

यस्तै, साकोसले कर्मचारीहरुको ज्ञान अभिवृद्धि तथा कर्मचारीबीचको मैत्रीपूर्ण कार्यक्रम अन्तर्गत असार १४ गते अन्तरसेवा केन्द्र स्तरीय कर्मचारी हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेल, लेखा सुपरिवेक्षण समिति संयोजक तिलक प्रसाद पराजुली, सञ्चालक समितीका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, सेवाकेन्द्र संयोजक, विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रम सहजीकरण संस्थाकी सचिव सरस्वती कंडेलले गर्नु भएको थियो । हाजिरी जवाफ प्रतियोगीतामा २३ वटा सेवाकेन्द्रको सहभागिता थियो । जस मध्ये २३ वटा सेवाकेन्द्र लाई ३ वटा समुहमा विभाजन गरी ३ वटा समुहबाट प्रथम र द्वितीय हुने सेवाकेन्द्र हरुबाट फाइनल चरणमा ६ वटा सेवाकेन्द्र बीच प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सेवाकेन्द्र हरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा हिमचुली सेवाकेन्द्र प्रथम, जनमुखी सेवाकेन्द्र द्वितीय, कावासोती सेवाकेन्द्र तृतीय र विजयनगर सेवाकेन्द्र सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

हाजिरी जवाफ प्रतियोगितामा सहकारी ऐन, नियम , बैंक तथा वित्तीय संस्था अन्तर्गत २५५, संस्थाको नीतिकार्यविधि र इतिहासवाट ५०५ र समसामयिक तथा अन्य विषय वस्तुवाट २५५ प्रश्नहरु सोधिएको थियो । कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा स्थापना दिवस कार्यक्रम कार्यदल संयोजक चिन्तामणी कंडेलले आयोजीत यस्ता कार्यक्रम हरुले कर्मचारीहरुमा सहकारी तथा अन्य  विषयवस्तु को ज्ञान अभिवृद्धि हुनुका साथै कर्मचारी वीच आत्मीयता समेत बढ्ने र कामप्रती जिम्मेवारीको आत्मबोध हुने भन्दै सम्पूर्ण सेवाकेन्द्र लाई जीतको शुभकामना व्यक्त गर्नुभएको थियो ।

लेखा तथा सुपरिवेक्षण समिती संयोजक तिलक प्रसाद पराजुलीले यस्ता कार्यक्रमले अध्ययन गर्ने बानीको विकास हुनुका साथै काममा समेत सहजता ल्याउने अभिव्यक्ती दिनु भएको थियो र विजेता टिमलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका संस्थाका अध्यक्ष भोजराज पौडेलले यस्ता कार्यक्रमले कर्मचारीको क्षमता अभिवृद्धि हुने र अवका दिनमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने भन्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, कर्मचारी मैत्री व्याडमिन्टन प्रतियोगिता, समेत सम्पन्न भएका छन् ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

३ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

पाठकबाट थप